बाँकेमा गाउँलेहरुबीच कुटाकुट हुँदा एक जनाको मृत्यु, ९ घाइते

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका वडा नं ५ बनियाँ गाउँमा दुई समुहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् । पुरानो रिसिबीलाई लिएर यादव र गुप्ता समूह बीच भएको झडपमा परि स्थानीय ५४ वर्षीय धनिराम यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको बेलुका ८ बजेतिर नेपालगञ्ज नरसिंह कलेजमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुवास खड्काले जानकारी दिए। उनका अनुसार मृतक यादवको टाउकोमा गहिरो चोट लागेको थियो।

पूर्णिमाको अवसरमा सोमबार बेलुका लागेको मेलामा दुई समुहबीच झडप भएको हो । प्रहरीका अनुसार मेलामा पुगेका नरेश गुप्तामाथि यादब समुहले कुटपिट गरेको थियो ।

त्यसपछि थप दलबलसहित पुगेका दूई समुहका बीचमा लाठी, भाटाको प्रयोग गरी कुटाकुट भएको थियो । दोहोरो झडमा परेर ९ जना घाइते भएका छन् । घाइतेहरुको बाँकेका विभिन्न अस्पतालमा उपचार भइराखेको छ ।

यसैबीच प्रहरीले घटनामा संलग्न दुबै समुहका गरि ११ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। झडपमा संलग्न रहेका मध्य केही फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया