खोजखबर

सरकारद्वारा विज्ञापन बोर्ड गठन, पाँच सदस्य नियुक्त

सौर्य अनलाइन २०७७ मंसिर १५ गते १७:१९ मा प्रकाशित

काठमाडौं । नेपालको सञ्चार क्षेत्रमा समग्र विज्ञापन नीतिनिर्माण गर्ने र नियमन गर्ने उद्देश्यले सरकारले पहिलो पटक विज्ञापन बोर्ड गठन गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘राजधानी दैनिक’ प्रकाशनको अध्यक्ष महेन्द्रबहादुर शेरचन तथा पत्रकार शुभशंकर कँडेल, बलराम थापा, चन्द्र न्यौपाने र वन्दना दनुवारलाई बोर्ड सदस्यमा नियुक्त गरेको हो ।

बोर्ड सदस्यको कार्यकाल चार वर्षको रहने छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा सञ्चारमन्त्री पार्वत गुरुङले सबै सदस्यलाई नियुक्तिपत्र प्रदान गर्दै सफलतापूर्वक काम गर्न शुभकामना दिए ।

बोर्डमा अध्यक्ष खुलाबाट ल्याइने तथा गृह, उद्योग, वाणिज्य तथा आपूर्ति र सञ्चारमन्त्रालयका सहसचिव पनि सदस्य रहने व्यवस्था छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय