खोजखबर

डिप र स्यालो ट्युबवेल जडान

सौर्य अनलाइन २०७७ मंसिर १४ गते १२:३८ मा प्रकाशित

लहान । वर्षेनी खडेरीको समस्या खेप्दै आएका सिरहा र सप्तरीका किसानलाई राहत पुग्ने गरी १२ डिप ट्युबवेल जडान भएको छ । भूमिगत जलस्रोत र सिँचाइ विकास डिभिजन कार्यालय लहानले सिरहामा ६ र सप्तरीमा ६ थान डिप ट्युबवेल जडान गरेको हो ।

कार्यालयले आव ०७६–०७७ मा सिरहाको मिर्चैया नगरपालिका– ११ सितापुर, सखुवानन्कारकट्टी गाउँपालिका– १ भोर, लक्ष्मीपुर पतारी गाउँपालिका– २ पोखरभिण्डा, मिर्चैया नगरपालिका– १ बिर्ता, बरियारपट्टी गाउँपालिका– २ खोक्सी र नरहा गाउँपालिका– ४ बलुवामा एक–एक थान डिप ट्युबवेल जडान गरिएको कार्यालयका प्रमुख सुदर्शनप्रसाद अधिकारीले जानकारी दिए ।

यस्तै सप्तरीको राजविराज नगरपालिका, रुपनी गाउँपालिका, कञ्चनरुप नगरपालिका, सप्तकोशी नगरपालिका, अग्निसाइर कृष्णासबरण गाउँपालिका र कञ्चनरुप नगरपालिका– ८ धर्मेश्वरमा एक–एक थान गरी सप्तरीमा ६ थान डिप ट्युबवेल जडान गरिएको उनले बताए ।

त्यस्तै, सो आवमा सिरहा र सप्तरीमा २६ थान स्यालो ट्युबवेल जडान गरेको कार्यालयले जनाएको छ । सो अवधिमा १४ वटा पम्पको मर्मत गरी पुनःसञ्चालनमा ल्याएको, १८ वटा वितरण प्रणाली तथा घर निर्माण गरिएको छ ।

सिरहामा पाँच थान पावर ड्रिलसमेत जडान गरिएको कार्यालयका सूचना अधिकारी पुष्पराज दाहालले जानकारी दिए । उनका अनुसार सो आर्थिक वर्षमा ती दुई जिल्लाका १६ स्थानमा विद्युतीकरण पम्प जडान गरिएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय