सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले ओरालो

काठमाडौं । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला ६०० रुपैयाँले ओरालो लागको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज प्रतितोला रु ९० हजार ७०० मा कारोवार भएको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आज प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोवार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै चाँदी आज प्रतितोला एक हजार १५० रुपैयाँमा कारोवार भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार १६५ रुपैयाँमा कारोवार भएको थियो । शुक्रबारका तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो ।

प्रतिक्रिया