साग खर्चविवरण सार्वजनिक गर्दै राखेप

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को खर्च विवरण सार्वजनिक गर्ने भएका छन् । सिलवालले पत्रकार सम्मेलनको आयोजना गरेर सागको हिसाब किताब सार्वजनिक गर्न लागेका हुन् । राखेप प्रवक्ता समेत रहेका प्रशासनिक विभाग प्रमुख कुलबहादुर थापाले सागको खर्च विवरण सार्वजनिक गर्ने तयारी गरिएको बताए । ‘सागको खर्च विवरण सार्वजनिक गर्ने तयारी गरेका छौ । पत्रकार सम्मेलनमार्फत सदस्य सचिवले सागको हिसाब किताव सार्वजनीक गर्नुहुनेछ’ प्रवक्ता थापाले भने ।

सदस्य सचिव सिलवालले मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना भएको १३ औं सागसंग सम्बन्धित विषयमा पत्रकार सम्मेलनको आयोजना गरेका छन् । सोही पत्रकार सम्मेलनमा खर्च विवरण समेतसार्वजनिक गरिने प्रवक्ता थापाले बताए । साग आयोजना तथा सञ्चालन कार्यविधिमा प्रतियोगिता सम्पन्न भएको तीन महिनाभित्र खर्च विवरण सार्वजनिक गर्नुपर्ने उल्लेछ छ । तर प्रतियोगिता आयोजनाको झण्डै एक वर्षपछि सदस्य सचिव सिलवालले खर्च विवरण सार्वजनिक गर्न लागेका हुन् । सागको खर्च विवरण सार्वजनिक नगर्दा सदस्य सचिव सिलवालको सुशासन र पारदर्शीताको नारामाथि प्रश्न उठ्दै आएको थियो ।

साग आयोजना तथा सामान खरिदमा ब्यापक भ्रष्ट्राचार भएको आरोप राखेप समक्ष लाग्दै आएको छ । पछिल्लो समय ब्याडमिन्टनको जुत्ता तथा म्याट खरिदमा भ्रष्ट्राचार भएको निष्कर्श सहितको प्रतिवेदन छानविन समितिले तयार पारेको थियो । राखेपले समिति गठन गरेर तयार पारेको छानविन प्रतिवेदन लामो समय बितिसक्दा समेत सार्वजनिक भएको छैन ।

प्रतिक्रिया