डिजिटल क्षेत्रको विस्तारबाट आर्थिक बिकास : प्रधानमन्त्री

काठमाडौ । डिजिटल क्षेत्रको बिस्तारबाट मुलुकले आर्थिक बिकास गर्न सक्ने प्रधानमन्त्री के.पि शर्मा ओलीले बताएका छन । उनले डिजिटल क्षेत्र नै विश्वकै नयाँ र उच्चदरको आर्थिक बृद्धीको माध्यम हुनसक्ने संभावना पनि औल्याएर । जनसंख्याको ५० प्रतिशतको हाराहारीमा युवा जनशक्तिमा नवप्रवर्तनप्रतिको बढ्दो लगावले डिजिटल क्षेत्रको विकासमार्फत आर्थिक विकासलाई अगाडि बढाउन सकिनेमा प्रधानमन्त्रीले जोड दिए । कोरोना महामारी नियन्त्रण गर्न बाध्यात्मकरुपमा लगाइएको बन्दाबन्दीले भौतिक सम्पर्कलाई निषेध गर्दा ई–कमर्श, अनलाइन सपिङ, डिजटिल बैंकिग र ई–लर्निङ लगायत डिजिटल उपचार, व्यवसाय र क्रियाकलाप नेपालका शहरी क्षेत्रहरूमा मात्र नभई धेरै स्थानमा आम जीवनको अंग बनेका उनको भनाई थियो । ब्राण्डवर्थ प्रालीको आयोजनामा भएको ‘फोनपे डिजिटल इकोनोमी कन्क्लेभ २०२०’ को भर्चुअल सम्बोधनमा प्रधानमन्त्रीले सो धारणा राखेका हुन । शनिबार दिनभर चल्ने यस कन्क्लेभमा प्रमुख बक्ताका रुपमा प्रधानमन्त्री केपी शर्मा ओली रहेका थिए ।

सोही कन्क्लेभमा सरकारले अगाामी दुई वर्षभित्र सबै सरकारी कार्यालयको कारोबार अनलाइन प्रणालीमा लैजाने समेत बताएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हालसम्म ७० प्रतिशत सरकारी कार्यालयको कारोबार अनलाइन प्रणालीमा गइसकेको बताउँदै आउने दुईवर्षभित्र सबै कार्यालयलाई अनलाइन प्रणाली अनिवार्य गरिने बताएका हुन । उनले डिजिटल प्रणालीको उच्चतम प्रयोगका लागि निजी क्षेत्रसंग उचित समन्वय गर्ने र कर्मचारीतन्त्रलाई पनि प्रविधिमैत्री बनाउने पनि बताए ।

कार्यक्रममा अर्थमन्त्री पौडेल, सञ्चार तथा सूचना प्रबिधि मन्त्री पार्वत गुरुङ, नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी लगायत सरोकारवाला क्षेत्रका उच्च अधिकारीहरु सहभागी रहेका छन । सरकारले २ वर्ष अगाडी नै डिजिटल नेपाल फ्रेमवर्क २०७६ ल्याइ देशमा प्रविधिको विकास र उच्चतम प्रयोगमा पाइला अगाडी बढाइसकेको छ । डिजिटल नेपाल अभियानका लागि सरकारले डिजिटल फाउन्डेसन भन्दै प्रमुखत ८ वटा क्षेत्रलाई पहिचान गरेको छ । कृषि, शिक्षा, स्वाथ्य, उर्जा, पर्यटन, वित्त, शहरी पुर्वाधार लगायतलाई समावेश गरिएको छ ।

यसमा ८० वटा फाउन्डेसन तयार छन । जसअन्र्तगत डिजिटल फाउन्डेसन १९, कृषि ११ वटा, शिक्षा ८, स्वाथ्य ७, उर्जा ९, पर्यटन ७, शहरी पुर्वाधारमा ९ र वित्तमा ११ गरी ८० वटा क्षेत्र तय भएका छन् । चालु वर्षको बजेट प्रणालीमा पनि डिजिटल प्रविधिलाई प्राथमिकताका साथ अगाडी बढाएको भन्दै मोबाइल बैंकिंङ, इन्टरनेट बैंकिंङ, मोबाइल वालेटको विषयमा निजी क्षेत्रसंग समन्वय गरी प्रवद्र्धमा जुट्ने उनको भनाइ थियो । ‘डिजिटल इकोनोमीलाई सशक्त, प्रभावकारी ढंगले अगाडी बढाउन सरकार चाहिरहेकोे छ, अब डिजिटल प्रविधिको विकल्प अरु हुन सक्दैन’ अर्थमन्त्री पौडेलले भने ।

कन्क्लेभमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङले डिजिटल नेपालका लागि पुर्वाधारहरु दु्रतनिर्माणको क्रममा रहेको बताए । अप्टिकल फाइवर, सूचना महामार्गको काम सातै प्रदेशमा काम भएको र पुर्वाधार कम्पनीको स्थापना गर्ने, सह कम्पनी तथा सहआयोजनाको पनि सूरुवात गर्ने जानकारी दिए । डिजिटल फ्रेमवर्क जुन ढंगवाट जानुपर्ने हो त्यसअनुसार नभएको भन्दै उनले मन्त्रालयले अब कडा कदम चाल्ने पनि बताए । ‘यसमा तुरुन्तै कार्ययोजना बनाएर अगाडी बढ्नेछौँ, सञ्चार मन्त्रालयले गर्नुपर्ने जिम्मेबारीमा कुनै कसर बाँकी रहनेछैन’ उनले भने ।

सोही सन्दर्भमा अर्थमन्त्री पौडलले चालु वर्षको बजेटमा डिजिटल प्रविधिको माध्यमबाट नेपाली अर्थतन्त्रलाई विश्वअर्थतन्त्रसंग आवद्ध गर्ने सरकारको अठोट रहेको बताए । ‘ज्ञानमा आधारित अर्थतन्त्रको विकास लागि सूचना प्रविधि, उद्योग ब्यवसायको प्रवद्र्धन गर्ने चालु वर्षको बजेटमा हामीले गरेको प्रतिवद्धता हो’ उनले भने ।

ब्राण्डवर्थ प्रालीका प्रमुख कार्यकारी अधिकृत मोहन गजुरुलले सरकारले अगाडी सारेको डिजिटल फ्रेमवर्क अगाडी बढाउने सवालमा एउटा हिस्सा बन्न पाएकोमा खुसी व्यक्ति गरे । उनले डिजिटल प्रविधिको प्रयोगलाई बढावा दिन निजी क्षेत्रसंगै सरकार पनि अग्रसर हुनुपर्ने भन्दै सबैको एउटै लक्ष्य हुँदा मात्रै डिजिटल नेपाल बन्न सक्ने बताए ।

रेमिट्यान्स बढ्यो
विश्व वैंकले कोभिड—१९ का कारण विश्व बजारमा रेमिट्यान्स घट्ने अनुमान गरे पनि त्यस्को बिपरित रेमिट्यान्स कारोबार र प्रयोगकर्ताको सख्या बढेको सरोकारवालाहरु बताएका छन । डिजिटल रेमिट्यान्स, दि कस्ट अफमुभिङ मनि सत्रमा, कोभिडले रेमिट्यान्सको दायरा बढाउन अझ मद्दत गरेको कुरा सरोबारवालाले बताएका हुन । कार्यक्रममा आइएमई ग्रुपका कार्यकारी अधिकृत सुमन पोखरेलले कोभिडको समयमा सबैजना आत्तिएको भएपनि विस्तारै बानी पर्दै गएको बताए । उनले भने,‘हामीलाई पनि लागेको थियो धेरै नेपाली फर्किनेछ र अब रेमिट्यान्स घट्नेछ । धेरै नेपाली फर्किदा सामान नल्याएर पैशा नै बैधानिक रुपमा पठाउदा रेमिट्यान्स कारोबार बढन सहयोग पु¥यायो ’ ।

उनका अनुसार पहिले धेरै अवैधानिक रुपमा पैसा विदेशबाट नेपाल पठाउने गरिएकोमा अहिले वैधानिक रुपमा आउन थालेको र यो नेपालमा मात्र नभई दक्षिण एसियामा पनि बढेको छ । सो अवसरमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले पनि पछिल्लो समयमा प्रविधिको विकासले डिजिटल रेमिट्यान्सको राम्रो बृद्धि भइरहेको बताए तर यसको विषयमा धेरैलाई अझैँ पनि जानकारी नभएको उनको भनाई छ ।

प्रतिक्रिया