मुख्यमन्त्री राउतद्धारा कवि विद्यापति स्मृतिमा शुभकामना

जनकपुर । मुख्यमन्त्री लालबाबु राउतले मिथिलाका कवि कोकिल विद्यापतिको स्मृति दिवसका अवसरमा देश तथा विदेशमा बस्नुभएका मैथिली समुदायप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा १४औँ शताब्दीको कार्तिक त्रयोदशी तिथिमा जन्मिएका कवि विद्यापतिले लेखेका प्रेम विरह र भक्तिरसका गीतहरु अहिले पनि मैथिल समुदायलाई आह्लादित गर्दछ भनि उल्लेख गरिएको छ ।

उनको प्रभाव बङ्गाली, उडिया र नेवारी समाजमा पनि प्रभाव परेको उल्लेख गर्दै सो विज्ञप्तिमा विद्यापतिले लेखेका गौंरक्षक, विजय नाटक, भूपरिक्रमा, पुरुष परीक्षा कीर्तिलताजस्ता गद्य ग्रन्थ अहिले पनि आदरका साथ पढिने गरेको उल्लेख छ । विद्यापतिको लिखनावलीको प्रभाव नेपाली लिखतमा समेत हेर्न सकिन्छ । उनले आफ्नो जीवनको उत्तरार्धकाल नेपालमा बिताउनुभएको र सो अवधिमा अनेकौँ पुस्तकको रचना गरेका थिए । उनी भविष्यवेता पनि हुन ।

विद्यापतिले आफ्नो मृत्युको सम्बन्धमा गरिएको भविष्यवाणी पुस्तकमा यसरी बर्णन गरिएको छ, ‘विद्यापतिको अवसान, कात्तिक धवल त्रयोदशी जान ।’ अर्थात् कात्तिक त्रयोदशी तिथिमा मृत्यु हुने गर्नुभएको भविष्यवाणी सत्य भएको थियो ।– रासस

प्रतिक्रिया