रेमिटयान्स आप्रवाह साढे १२ प्रतिशतले बढ्यो

काठमाडौ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा शोधनान्तर बचत १ खर्ब १ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यो १४ अर्ब ४३ करोड रुपैयाँले बचतमा थियो । शोधनान्तर स्थितीमा सबैभन्दा बढी टेवा पु¥याउने रेमिटयान्स आप्रवाह १२ दशमलब ६ प्रतिशतले बढेर २ खर्ब ५८ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ५ दशलमव १ प्रतिशतले घटेको थियो । कोरोना संक्रमणको अवस्थामा पनि विदेशमा बस्ने नेपालीले पठाउने रेमिटेन्समा बृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको साउनदेखि असोजसम्मको प्रतिवेदनमा सो कुरा उल्लेख छ ।

यस अवधिमा पुँजीगत ट्रान्सफर ३ दशलमव ३ प्रतिशतले न्युन भई ३ अर्ब ५६ करोड रुपैयाँ कायम भएको छ । रेमिट्यान्स पछिको दोस्रो ठुलो योगदान गर्ने प्रत्यक्ष वैदेशिक लगानीमा भने २६ दशमलब ८ प्रतिशतले कमी आई २ अर्ब ९२ करोड रुपैयाँ मात्रै कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ३ अर्ब ६८ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ९९ करोड रुपैयाँ थियो ।

सोही प्रतिवेदनमा तरकारीको मूल्य गत असोजमा २३ दशलमव १ प्रतिशतले बढेको छ । त्यस्तै दाल तथा गेडागुडी उपसमूहको मूल्य पनि १३.८६ प्रतिशतले बढेको छ । मूल्यवृद्धि उच्च रहे पनि वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति भने ३ दशलमव ७९ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६ दशलमव २१ प्रतिशत थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५ दशलमव ५० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २ दशलमव ४६ प्रतिशत छ ।

असोजको मुद्रास्फीति काठमाडौं उपत्यकामा ३ दशलमव ३५ प्रतिशत, तराईमा ४ दशलमव ४६ प्रतिशत, पहाडमा ३ दशमलब शुन्य ३ प्रतिशत र हिमालमा ४ दशमलव ३९ प्रतिशत छ । २०७६ असोजमा यी क्षेत्रमा क्रमशः ८ दशमलव १४ प्रतिशत, ५ दशमलव ७५ प्रतिशत, ४ दशमलव ८९ प्रतिशत र ५ दशमलव ११ प्रतिशत मुद्रास्फीति थियो ।

केन्द्रीय बैंकको अनुसार असोजमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ८ दशमलव २६ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७ दशमलव २९ प्रतिशत थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ८ दशमलव ८७ प्रतिशत, ८ दशमलव ७८ प्रतिशत र ३ दशमलव १३ प्रतिशत छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य २ दशमलव १३ प्रतिशतले घटेको छ ।

२०७७ असोजमा वार्षिक विन्दुगत तलब तथा ज्यालादर सूचकांक शुन्य दशमलव ९२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकांक १२ दशमलव शुन्य ८ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा ज्यालादर सूचकांक १ दशमलब १९ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया