खोजखबर

बैंकका गार्डलाई खुकुरी प्रहार गर्ने पक्राउ

सौर्य अनलाइन २०७७ मंसिर १० गते १५:३९ मा प्रकाशित

काठमाडौं । प्रहरीले ज्यान मार्ने उद्योगमा फरार भएका एक जनालाई आज पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले गत असोज २९ गते काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वरस्थित ग्लोबल आइएमई बैंकमा कार्यरत चौकीदारलाई खुकुरी प्रहार गरी फरार भएका काठमाडौं थापागाउँका शशि थापालाई आज अपराह्न बानेश्वरबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रमेश विष्टले बैंकका गार्डलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर फरार रहेको अभियोगमा थापालाई पक्राउ गरिएको जानकारी दिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय