खोजखबर

शिकार खेल्न गएका राउटे किशोरको मृत्यु

सौर्य अनलाइन २०७७ मंसिर १० गते ९:५३ मा प्रकाशित

सुर्खेत । बाँदरको शिकार खेल्न जङ्गल गएका एक राउटे किशोरको भिरबाट लडेर मृत्यु भएको छ । सुर्खेतको चिङ्गाड गाउँपालिकाको मेटलामा मङ्गलबार १६ वर्षीय टेकराज शाहीको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो । राउटे समुदायमा कार्यरत सामाजिक कार्यकर्ता लालबहादुर खत्रीले मृतक टेकराजलाई समुदायका अगुवाले मङ्गलबार साँझै गाडिसकेको बताए ।

आफ्ना सदस्यको मृत्यु भएसँगै राउटे समुदाय बस्ती सर्ने तयारीमा जुटेको छ । राउटेहरुमा समुदायका कुनै सदस्यको मृत्यु भएमा बसाइँ सर्ने प्रचलन छ । हाल यो समुदाय चिङ्गाड गाउँपालिका–५ मा पर्ने मेटलाखोला किनारमा छ । जङ्गलमा फिरन्ते जीवन बिताउने लोपोन्मुख राउटे समुदायको सङ्ख्या १४५ रहेको छ ।– रासस

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय