इङ्ल्यान्डमा दर्शकलाई रंगशालामा खेल हेर्न अनुमति

लण्डन । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण समर्थकहरुले मैदान छिरेर खेल हेर्न पाउने अनुमति छैन । पछिल्लो समय इटालीमा मात्र केही खेल हेर्न दर्शकहरुलाई रंगशाला छिर्न अनुमति छ । इङ्ल्यान्ड सरकारले पनि सिमित दर्शकलाई रंगशालामा बसेर खेल हेर्ने अनुमति दिएको छ । इङ्यान्डका प्रधानमन्त्री बोरिस जोनसनले (सोमबार) डिसेम्बर २ पछि सीमित दर्शकलाई रंगशाला प्रवेशको अनुमति दिने निर्णय भएको बताएका छन् ।

इङ्ल्यान्ड लकडाउन अन्त्यपछि ४ हजार दर्शकलाई रंगशाला प्रवेशको अनुमति दिने प्रधानमन्त्री जोनसनले बताएका छन् । इङ्ल्यान्डमा डिसेम्बर २ बाट लकडाउनको अन्त्य हुँदैछ । कोरोनाको महामारीपछि इङ्ल्यान्डमा खेलकुद गतिविधि बन्द रंगशालामा भइरहेका छन् ।

प्रतिक्रिया