भिडियोमा केकी र दिनेशको प्रेम

काठमाडौं । गायक प्रमोद खरेलको आवाज रहेको गीत ‘यो माया के हो’ को भिडियो सार्वजनिक भएको छ । रामकृष्ण महराको शब्द रहेको गीतमा मनकुमार (शिवराज) ले संगीत भरेका छन् । गीतमा नारायण दंगालको संगीत संयोजन रहेको छ । वियोगान्त प्रेमकथामा केन्द्रित रहेर तयार पारिएको गीतको भिडियोमा अभिनेत्री केकी अधिकारी, दिनेश थापा (आयुष) र मनोज ओलीको अभिनय छ । दिपेन बस्नेतले छायांकन गरेको गीतको भिडियो सम्पादन नवीन निरौलाले गरेका छन् ।

गोविन्दप्रसाद साह उत्पादक रहेको भिडियोलाई जीवन शाहीले निर्देशन गरेका हुन् । ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको भिडियोमा रोजगारीको सिलसिलामा मलेसियामा रहेका उत्पादक साह र महराले विदेशी भूमिबाटै आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका छन् । गीतकार महराले यसअघि ‘उठ युवा हो’, ‘मैले भन्दा’, ‘साइनो’, लगायतका गीत सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया