विश्व

जो बाइडेनले गरे क्याबिनेटका केहि सदस्यको घोषणा

सौर्य अनलाइन २०७७ मंसिर ९ गते ७:३९ मा प्रकाशित

एजेन्सी । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले क्याबिनेटका केहि सदस्यको घोषणा गरेका छन्। बाइडेन टिमले घोषणा गरेका केहि महत्वपूर्ण पद मध्ये उनका लामो समयदेखिका सल्लाहकार एन्टोनी ब्लिनकेन विदेशमन्त्री हुने भएका छन्। त्यस्तै राष्ट्रिय इन्टेलिजेन्स निर्देशक पदमा अभरिल हैंसलाई नियुक्ति गरेका छन्। त्यस्तै होम ल्याण्ड सेक्युरिटी मन्त्रीमा अलेजान्द्रो मायोरकास नियुक्त गरेका छन्। ओबामा प्रशासनमा दोस्रो कार्यकाल विदेशमन्त्री रहेका जोन केरी जलवायु परिवर्तन सम्बन्धि विभाग हेर्ने गरि नियुक्ति गरिने भएको छ।

त्यस्तै ज्याक सुलिभनलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरेका छन् भने संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदुतमा लिन्डा थोमस ग्रीनफिल्डलाई नियुक्त गरेका छन्। बाइडेन यस अघि नै ह्वाइटहाउसमा चिफ अफ स्टाफको भूमिकामा रहने रोन क्लेनलाई नियुक्त गरिसकेका छन्। बाइडेनले मनोनित गर्ने क्याबिनेट सदस्यलाई रिपब्लिकनको नियन्त्रणमा रहेको सिनेटले स्वीकृति दिनुपर्ने कानुनी व्यवस्था रहेको छ। आगामी जनवरी ५ मा जर्जियामा दुई सिनेट पदका लागि हुने निर्वाचनले सिनेटमा रिपब्लिकनको नियन्त्रण जारी रहन्छ या रहदैन भन्ने टुंगो लाग्ने छ।

अमेरिकी क्याबिनेटमा उपराष्ट्रपतिसहित अन्य १५ डिपार्टमेन्ट (मन्त्रालय) हुने गर्दछन। जसमा कृषि, कमर्स, रक्षा, शिक्षा, उर्जा, स्वास्थ्य तथा ह्युमन रिसोर्स, होमल्याण्ड सेक्युरिटी (गृह), हाउसिग एण्ड उर्बान डेभलपमेन्ट, इन्टेरियर, कानुन, श्रम, विदेश, यातायात, अर्थ र भेट्रान अफयर्स प्रमुख छन्।

यसैबीच आगामी डिसेम्बर १४ मा अमेरिकी राष्ट्रपति निर्वाचनका विजेता घोषणा गरिनेछ। निर्वाचनमा बाइडेनले ३०४ र ट्रम्पले २३२ इलेक्टोरल मत प्राप्त गर्नेछन्।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय