अर्थबजार

मुक्तिनाथ विकास बैंक ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ बाट पुरस्कृत

सौर्य अनलाइन २०७७ मंसिर ५ गते १७:४० मा प्रकाशित

सुर्खेत । लक्जमवर्गमा आयोजित युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२० को विजेता मुक्तिनाथ विकास बैंक भएको छ ।

मुक्तिनाथ विकास बैंकले साना तथा लघु बैंकिङ कार्यक्रममा आवद्ध न्यून आय भएका सदस्यहरुलाई प्रदान गरीरहेको नविनतम र ग्राहकमैत्री समावेशी बचत सेवाहरुको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनलाई अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनौट समितिले अध्ययन तथा अनुसन्धान गरी युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२० को प्रथम पुरस्कारबाट पुरस्कृत भएको हो ।

युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२० को लागि ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागीता जनाएका थिए । उक्त प्रतियोगिताको लागि उत्कृष्ट ३ मा नेपालबाट मुक्तिनाथ विकास बैंक लगायत वेनिन र ईथोपियाको १–१ ओटा लघुवित्त संस्थाहरु छनौट भएका थिए ।

यो पुरस्कारबापत मुक्तिनाथ विकास बैंकले नगद १ लाख युरो प्राप्त गरेको छ । यो पुरस्कार रकमबाट न्यून आय भएका सदस्यहरुलाई डिजिटल बैंकिङमा सहभागी गराउन विभिन्न कार्यहरु गरिने बैंकले जनाएको छ ।

मुक्तिनाथ विकास बैंकको ४२ जिल्लामा रहेका १३८ ओटा शाखाहरु मध्ये ११८ ओटा शाखा मार्फत साना तथा लघु बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । साना तथा लघु बैंकिङ अन्तर्गत १ लाख ८० हजार भन्दा बढी ग्राहक सदस्यहरुले प्रत्यक्ष सेवा लिइरहेका छन् भने यो क्षेत्रमा रु १७ अर्बभन्दा बढी लगानी छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय