प्राथमिक बजारमा लगानिकर्ताहरू झुम्मिँदै

नरेन्द्रमान श्रेष्ठ

नेपाल धितोपत्र बोर्डले आवेदकहरूलाई अनिवार्य १० कित्ता सेयर दिनुपर्ने भनेको कारणले पनि प्राथमिक सेयरमा आवेदन दिनेहरू ह्वात्तै बढेको देखिन्छ । १० कित्ते नियमले धितोपत्रको बजारमा बोरा प्रवृत्ति कम हुनेछ भनेर धितोपत्र बोर्डले भने पनि बोरा प्रवृत्तिको सट्टा परिवार प्रवृत्ति बढेकोजस्तो देखिन्छ । आवेदन दिएका सबैले १० कित्ता सेयर पाउँछन् भनेर परिवारका सबै सदस्यहरूको नाममा आवेदन दिने प्रवृत्ति बढेको जस्तो देखिएको छ ।

पछिल्लो समयमा सेयरको प्राथमिक बजारमा लगानिकर्ताहरू झुम्मिने गरेको देखिन्छ । सेयर बजारप्रति थुप्रैको आकर्षण बढेको छ । सेयर बजारमा नयाँनयाँ लगानीकर्ता देखापरिरहेका छन् खासगरी प्राथमिक सेयर बजारमा धेरैको आकर्षण रहेको देखिन्छ । पछिल्लो समयमा प्राथमिक सेयर खरिदमा आवेदन दिनेहरूको संख्यामा धमाधम वृद्धि भइरहेको छ । पछिल्लो समयमा प्राथमिक सेयर खरिदमा आवेदन दिनेहरूको संख्या आठ लाखभन्दा बढी छ । डिम्याट खातामा दर्ता हुनेहरूको संख्या २० लाखभन्दा बढी भइसकेको सरोकारवालाहरू बताउँछन् । पछिल्लो समयमा अनलाइनमा मेरो सेयरबाट घर, पसल, अफिसबाट पनि आवेदन दिन सकिने र सि आस्वामार्फत बैंकमा गएर आवेदन दिन पाउने भएपछि यसको संख्या ह्वात्तै बढ्को हो । त्यसैगरी सेबोनले प्राथमिक सेयरमा आवेदन दिनेहरूलाई १० कित्ता सेयर दिनैपर्ने व्यवस्था गरेको छ । आवेदन दिँदा न्यूनतम १० कित्ताको लागि मात्र पनि आबेदन दिनसक्ने नियमपछि सेयर खरिद आवेदनदिनेहरू झनै बढेको देखिन्छ । तैपनि प्राथमिक सेयरमा आवेदन दिने सबैले न्यूनतम १० कित्ता सेयर पाउने भन्ने भ्रम पनि देखापरेको छ । आवेदन दिने सबैले १० कित्ता सेयर पाउने भने होइन । माग गरेभन्दा धेरैको आवेदन प¥यो भने सबैले सेयर पाउँदैनन् त्यसबेला गोलाप्रथाबाट बाँडफाँड गरिन्छ । तर, बढी आवेदकहरूले सेयर पाउने भने देखिन्छ । पछिल्लो समयमा नेपालको धितोपत्र बजारमा जनसहभागिता बढिरहेको देखिन्छ ।

विगतमा वाणिज्य बंैकहरूको ८०÷९० लाख कित्ता प्राथमिक सेयर निष्कासन हुँदा पनि यति धेरै आवेदन परेको हुँदैनथ्यो । तर, पछिल्लो समयमा घाटामा रहेको हाइड्रो पावर कम्पनीहरूको आइपिओमा पनि डेढ लाखभन्दा पनि बढी आवेदन पर्ने गरेको छ । तर, पछिल्लो समयमा नेपाल धितोपत्र बोर्डले आवेदकहरूलाई अनिवार्य १० कित्ता सेयर दिनुपर्ने भनेको कारणले पनि प्राथमिक सेयरमा आवेदन दिनेहरू ह्वात्तै बढेको देखिन्छ । १० कित्ते नियमले धितोपत्रको बजारमा बोरा प्रवृत्ति कम हुनेछ भनेर धितोपत्र बोर्डले भने पनि बोरा प्रवृत्तिको सट्टा परिवार प्रवृत्ति बढेकोजस्तो देखिन्छ । आवेदन दिएका सबैले १० कित्ता सेयर पाउँछन् भनेर परिवाका सबै सदस्यहरूको नाममा आवेदन दिने प्रवृत्ति बढेको जस्तो देखिएको छ । त्यसो त परिवारका सबै सदस्यहरूले आवेदन दिन नपाउने, दिन नहुने भन्ने पनि होइन । तैपनि अरूको साथीभाइ, इष्टमित्र आफन्तको नाम र बैंक खाता प्रयोेग गरेर आइपिओको आवेदन दिनेहरूलाई निरुत्साहित भने गर्नैपर्ने देखिन्छ ।

विगतमा कुनै पनि कम्पनीको आइपिओ र एफपिओ जारी हुँदा आवेदन संकलन केन्द्रहरूमा लगानीकर्ताको भिड नै देखिन्थ्यो । अहिले विगतमा जस्तो प्राथमिक सेयर खरिद गर्न आवेदन संकलन केन्द्रहरूमा चेक र नगद बोकेर घण्टौँ लाइनमा बसेर आवेदन बुझाउनुपर्ने झन्झटबाट भने मुक्त भएका छन् । अहिले सि आस्वा प्रणालीको स्वीकृति पाएका बैंक तथा वित्त कम्पनीहरूको देशभरका शाखा कार्यालयहरूबाट सि आस्वामार्फत सेयर खरिद आवेदन दिन सकिन्छ भने अनलाइनबाट मेरो सेयरबाट पनि आइपिओको आवेदन दिन सकिन्छ । शायद यही कारणले पनि प्राथमिक सेयरमा लगानीकर्ताहरूको आकर्षण बढेको हो कि, पछिल्लो समयमा प्राथमिक सेयर खरिदमा आवेदन दिन सजिलो र समयको पनि वचत हुने गरेको छ । त्यसैगरी १० कित्ते नियमले गर्दा पनि अहिले न्यूनतम एक हजारको मात्रै आवेदन दिए पनि पुग्ने भएकोले साना लगानीकर्ताहरू बढी आकर्षित भएको देखिन्छ ।

धितोपत्र बजारप्रति सबै वर्ग तह पेसाका ब्यक्तिहरूको आकर्षण रहेको पाइन्छ । पछिल्लो समयमा सेयर बजारको सेयरको बारेमा फुटपाथ पसलेदेखि कर्पाेरेट कार्यालयहरूसम्मले चासो राखेको देखिन्छ । धेरैले चासो राख्नु, धेरैको आकर्षण हुनु सेयर बजारको लागि सकारात्मक हो । प्राथमिक बजारप्रति लगानीकर्ताहरूको आकर्षणले गर्दा माग गरेभन्दा कयौँ गुणा आवेदन पर्ने गरेका छन । विगतमा माग गरेभन्दा कति गुणा बढीको आवेदन प¥यो भनेर चासो राख्ने गरिन्थ्यो भने अहिले १० कित्ते नियमले गर्दा कतिकति वटा आवेदन प¥यो भनेर चासो राख्ने गरिएको छ । त्यसो त आइपिओमा लगानी गर्नेहरू पुराना लगानीकर्ताहरू भन्दा नयाँ लगानीकर्ताहरू बढी रहेको पाइन्छ ।

धितोपत्र बजारमा लगानी गर्न चाहने नयाँ लगानीकर्ताहरूको लागि प्राथमिक बजार उपयुक्त बजार हो । प्राथमिक सेयरमा लगानी गर्दा जोखिम कम हुन्छ भने लामो अवधिका लागि लगानी गर्ने लगानीकर्ताहरूका लागि प्राथमिक बजार राम्रो हो । यसमा दोस्रो बजारमा जस्तो जोखिम हुँदैन । यसकारणले पनि पछिल्लो समयमा प्राथमिक सेयर यानी आइपिओमा लगानी गर्नेहरूको भिड देखिन सकिन्छ ।

प्राथमिक सेयरमा लगानी गर्दा जोखिम कम हुन्छ । प्राथमिक बजारबाट केही अनुभव लिई दोस्रो बजारमा प्रवेश गर्दा राम्रो हन्छ । लगानीकर्ताहरूलाई दुई समूहमा विभाजन गर्न सकिन्छ । पहिलो समूहमा प्राथमिक बजारका लगानीकर्ताहरू र दोस्रोमा दोस्रो बजारका लगानीकर्ताहरू । प्राथमिक बजारमा लगानी गर्ने लगानीकर्ताहरू भनेका आइपिओमा लगानी गर्ने लगानीकर्ता हुन् । यिनीहरू अलि लामो अवधिका लगानीकर्ताहरू हुन् । प्राथमिक बजारमा आइपिओमा लगानी गर्ने लगानीकर्ताहरू पछि आवश्यक परेको समयमा र केही नाफा भएपछि बिक्री गर्छन् । यस्ता लगानीकर्ताहरू सेयर बजारमा थुप्रै छन् । यिनीहरू धेरैजसो प्राथमिक बजारमा मात्रै सीमित भइरहेका छन् । प्राथमिक बजारका धेरैजसो लगानीकर्ताहरू दोस्रो बजारमा प्रवेश गरेको त्यति देखिँदैन ।

प्राथमिक बजारका लगानीकर्ताहरू लामो अवधिका लगानीकर्ता हुन्छन् र आफ्नो सेयरको उचित मूल्य पाएपछि सेयर बिक्री गर्दछन् । अबको दिनमा प्राथमिक बजारका लगानीकर्ताहरू पनि दोस्रो बजारमा प्रवेश गनुपर्ने देखिन्छ । सेयर बजार चल्ने भनेको दोस्रो बजारले हो । दोस्रो बजारमा जोखिम पनि हुन्छ । प्राथमिक बजारका लगानीकर्ताहरू लामो अवधिका हुने भएकोले त्यति घाटा बेहोर्न पर्दैन भने दोस्रो बजारमा भने कहिले घाटा पनि हुन्छ त कहिले नाफा । यसकारणले पनि प्राथमिक बजारमा लगानीकर्ताहरूको आकर्षण बढेको हो । प्राथमिक बजारका लगानीकर्ताहरू धेरैजसो साना लगानीकर्ताहरू नै हुन्छन् । प्राथमिक बजारमा लगानी गर्दा जोखिम पनि त्यति नहुने भएकोले धेरैजसो साना र नयाँ लगानीकर्ताहरूको आकर्षण भएको कारणले पछिल्लो समयमा प्राथमिक बजारमा लगानीकर्ताहरू ह्वात्तै बढेको हो भन्दा पनि फरक नहोला । त्यसो त प्राथमिक बजारका लगानीकर्ताहरूको गन्तब्य भनेको पनि दोस्रो बजार नै हो ।

नरेन्द्रमान श्रेष्ठ

प्रतिक्रिया