प्रचण्ड राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवासमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शीतल निवासमा गएकाका छन् ।

धेरै समय अगाडिबाट नेकपा पार्टी भित्रै विभिन्न विवाद भइरहेको को समय अध्यक्ष दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका हुन् । गत मंगलबार अध्यक्ष दाहाललाई भेट्न नेकपाका महासचिव विष्णु पौडेल खुमलटार पुगेका थिए ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिको लागि बोलाइएको सचिवालय बैठक सार्न खोजेका छन् । तर प्रचण्डले भने बैठक सार्ने भएपनि सचिवालय बैठकले मात्र सार्न सक्ने बताएका छन् ।

यसभन्दा अगाडि गत कात्तिक २९ गते राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको लामो छलफल भएको थियो ।

प्रतिक्रिया