फिलिपिन्समा आँधीबाट ६७ जनाको मृत्यु, १२ बेपत्ता

मनिला । फिलिपिन्समा आँधीबाट मृत्यु हुने नागरिकको संख्या ६७ पुगेको बताइएको छ । फिलिपिन्सको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनाएअनुसार यहाँको आँधीबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ । यसै हप्ता आएको सो आँधीबाट अरु १२ जना हराइरहेका पनि बताइएको छ ।

आँधीसँगै आएको बाढी र पहिरोका कारण ती १२ जना हराइरहेका सो प्रकोप व्यवस्थापन विभागले जनाएको छ ।अधिकारीहरुले आँधीमा परी हराएका व्यक्तिको खोजी कार्य जारी रहेको बताएका छन् । त्यसैगरी यहाँ आँधीले पुर्याएको क्षतिलाई राहात र उद्धारको काम जारी रहेको बताएका छन् ।– रासस

प्रतिक्रिया