भुमरीमा नेकपा : खतराको घण्टी बज्दै कि बाँध नै फुट्यो ?

राज ढुंगाना

नेपालमा एक चर्चित भनाइ छ, ‘माल पाएर चाल पाइएन भने दुःख पाइन्छ’ । मतलब आपूmसँग भएको अवसर, समय वा वस्तुको सही सदुपयोग गर्न सकिएन भने त्यो फुत्केर जान्छ । नेपाली राजनीतिको शिखरमा रहेको पार्टी नेपाल कम्युनिस्ट पार्टीमा अहिले त्यही भनाइ चरितार्थ भएको छ । जनताले तत्कालीन दुई मुख्य पार्टी नेपाल कम्युनिस्ट पार्टी एमाले र एकीकृत नेकपा माओवादीलाई एक भएको पुरस्कार स्वरूप गएको निर्वाचनमा बलियो मत दिएर सत्तामा पठाए ।

मुलुकमा शान्ति होला, विकास होला, मुलुक समृद्धीको दिशामा जाला, राज्य लोककल्याणकारी होला, सुशासन कायम होला भन्ने जनताको मुख्य अपेक्षा थियो । यद्यपि सरकारमा गएदेखि नै सत्तासीन पार्टी एकपछि अर्को आन्तरिक विवादमा फस्न गयो । पार्टी एकीकृत त भयो तर सत्ताधारी पार्टीभित्रै प्रमुख विवाद रहँदा सरकारले न त कामको गति लिनसक्यो न त पार्टी एकताका सम्पूर्ण कार्यहरू सकिए । पटकपटक नेकपा फुटको संघारमा पुगेको आभाष तिनै नेताहरूले दिलाए । सो क्रम यतिबेला पनि जारी छ ।

खासमा प्रधानमन्त्रीसमेत रहेका नेकपाका पहिलो अध्यक्ष केपी शर्मा ओलीले प्रायः दाउपेचको राजनीति गरिरहे । यसमा नेकपाका दोस्रो नम्बरका अध्यक्ष प्रचण्डले पनि सकेको गरिरहे । यद्यपि, दुई नेताको लडाइँमा बरिष्ठ नेता माधव नेपालको खासै भूमिका रहेन । पार्टी एक भएको २९ महिना बित्दा नेकपाको सबै विषय, सिद्धान्त, शक्ति सबै तीन नेतामै सीमित रह्यो । पार्टी एक त भयो तर नेकपा हावा भरेको बेलुनजस्तो हावामै उडिरह्यो जसरी ओलीले उखान टुक्का र कथाले जनतालाई हावामै उडाइरहे ।

ओलीले सत्तालाई कसरी सुरक्षित गर्न सकिन्छ भनेर कहिले कुन नेतालाई प्रयोग गरे । कहिले कुन नेतालाई प्रयोग गरिरहे । ओली इतरका नेताहरू पनि पार्टीको काममा भन्दा अवसरकै खोजीमा नाचिरहे । जसले गर्दा नेकपाभित्रै सत्तापक्ष र प्रतिपक्षको अभ्यासको झझल्को देख्न राम्रैगरी पाइयो । ०७५ जेठ ३ गते तत्कालीन दुई पार्टी मिलेर एकता भए पनि २९ महिना बित्दा पूर्वपार्टीको संलग्नता ट्याग लागिरह्यो । यद्यपि यतिबेलासम्म पूर्वपार्टीलाई नै समातेर बस्ने नेताहरू दुवै पार्टीमा कम छन् । न त पूर्वएमाओवादीमा एक ढिक्का छ । न त पूर्वएमालेमै त्यो परिस्थिति कायम छ ।

मुलुक यतिबेला झिनो आर्थिक वृद्धिदरको लक्ष्य पछ्याउन संघर्ष गरिरहेको छ । विश्वव्यापी फैलिरहेको कोरोना भाइरसले मुलुकलाई शिथिल बनाइरहेको छ । राष्ट्रिय गौरवका आयोजनाले कामको गति लिन सकेका छैनन् । भ्रष्ट्राचारको पारो तल ओर्लिन सकेको छैन । मुलुक संघीयतामा गए पनि तीन तहको सरकारको समन्वय नहुँदा तलका सरकारको केन्द्रसँग असन्तुष्टि बढ्दो छ ।

स्थानीय र प्रदेशका संरचनाले काम गर्न सकिरहेका छैनन् । त्यसको बाधक केन्द्र सरकारको असहयोगी नीति र कानुनी असुविधा रहेको गुनासो तलका सरकारले गरिरहेका छन् । कोरोना भाइरसको महामारीमा पनि व्यावसायिक वातावरण सरकारले बनाउन नसकेको भन्दै व्यवसायी उत्तिकै आक्रोशित छन् ।

लाखौँ श्रमजीवीको रोजीरोटी गुमेको छ । सरकारले कोरोना महामारीपछि के गर्ने, आर्थिक प्याकेज कस्तो हुने भन्ने रोडम्याप दिन नसक्दा लगानी गरिरहेका र गर्न खाजेका उद्योगीको मनोबल पूर्ण रूपमा शिथिल भएको छ । यी यावत समस्या हुँदाहुँदै पनि प्रधानमन्त्री ओली सब ठीकठाक छ भन्ने तरिकाले कसैसँग सहकार्य, समन्वय नगरी तानाशाही प्रवृत्तीले सर्वेसर्वा मै हुँ भन्ने ढंगले आफ्नै गानाबजाना गर्नेसँग भलाकुसारी गर्नमै मस्त छन् ।

उनलाई मात्रै सत्ताको भोग गर्नु छ । बाँकी सबै व्यक्ति गलत हुन्, अरू केही होइनन् र म नै राज्य हुँ भन्ने शैलीले एकपक्षीय निर्णय गर्दै मुलुकलाई खराब लयमा लैजान खोज्दैछन् । यसो भनिरहँदा प्रधानमन्त्री ओलीको यतिसारो विरोध किन ? अन्य सरकारसँग दाँज्दै उनका भजनमण्डलीले ओलीको पक्षमा गाना त गाउँछन् नै तर खराब कति छ भन्ने कुरा देख्नलाई खराब ठाउँबाट निक्लिएर हेरेपछि मात्रै थाहा हुन्छ । खासमा प्रधानमन्त्री एकोहोरो स्वेच्छाचारी हुनुमा सबै ठीकठाक छ अरू खराब तपार्इं देउता भन्ने उनका अगाडिपछाडिका सल्लाहकार, उनले संरक्षण गरेर राखेका हुलहुज्जतका कार्यकर्ता नै हुन् । त्यसको उदाहरण त केही महिनाअघि ८/१० जनाको हुलले आफ्नै पार्टीका नेताहरूलाई सत्तोसराप गर्दै सडकमा उत्रने भिडलाई सम्झे पुग्छ ।

ओलीले आपूm संसद्बाट निर्वाचित र पार्टीबाट सिफारिस भएको प्रधानमन्त्री हो भन्ने भुलेका छन् । उनले यो कुरालाई भुल्न हुन्न कि धेरै आडम्बर, हावा र आफ्ना सहयात्रीकै अप्रिय भइयो भने अमेरिकामा भर्खरै पूर्व भएका राष्ट्रपति डोनाल्ड ट्रम्पको हविगत हुन्छ । जसले ओलीलाई मात्रै होइन नेपाली कम्युनिस्ट आन्दोलन र तिनका अनुयायीलाई जनताले बढार्नेछन् । ओली आपूmलाई लोकतान्त्रिक पार्टीको अध्यक्ष भन्ने तर भूमिका तानाशाही प्रवृत्तीको देखाउन मस्त छन् ।
सोही कारण नेकपाका अन्य नेताहरू उनीप्रति नरम हुन सकेका छैनन् । आफ्नै पार्टीका नेतालाई भारतीय दलाल देख्ने ओली, भोलि कुन पार्टीको जगमा बसेर कम्युनिस्ट आन्दोलनलाई उचाइमा पु¥याछन् ? यो मुख्य प्रश्न भएको छ । अहिलेको नेपाली राजनीतिमा ।

ओलीको यो लामो प्रधानमन्त्री यात्रा कसरी भइरहेको छ ? खासमा ओलीलाई यति सहज र सरल बनाउने पार्टीका अर्का अध्यक्ष प्रचण्ड हुन् भन्ने ओलीले भुल्न हुन्न । किनकी उनले पार्टी एकता ताका भएको भद्रसहमति आधा÷आधा प्रधानमन्त्री बन्ने विषयलाई नै क्लोज गरिदिएका थिए । संघीयतापछि स्थिर सरकारको परिकल्पना अनुरूप पाँच वर्ष ओलीले सहज र सरल ढंगले सरकार हाँक्ने र पाँच वर्ष प्रचण्डले पार्टी हाँक्ने वातावरण बनाउन ओली नै चुकेका हुन् ।

उनले पार्टीसँग सल्लाह मात्रै गरेर अन्य नेतालाई साथमा लिएर अघि बढ्ने वातावरण नै बनाउन सकेनन् । सोही कारण उनी सुविधाजनक सरकारमा पनि पटकपटक झस्काइमा परिरहे । उनको सरकार र पार्टी बेलाबेला ढुलमुलाइरह्यो । ओलीले यतिसम्म गरेकी आफ्नै पार्टी फुटाउन सुविधाजनक संख्याको अध्यादेशसम्म ल्याएर दुँनिया हसाउन भ्याए । भलै ओली यो कुरामा सहमत हुन सक्दैनन् ।

नेकपामा पछिल्लो समय प्रचण्ड उपाध्यक्ष जतिको पनि हैसियतमा नभएको अवस्थामा छन् । ओलीले बरु उपाध्यक्ष बामदेव गौतमलाई स्थान दिइरहेका छन् । तर, प्रचण्ड आफैँ पनि आफ्नो माग पूरा गर भन्ने शैलीले वरिष्ठ नेता नेपालको साथ लागेर ओलीलाई पार्टी बैठक राख्न लिखित निवेदन हालिरहेका छन् । यसले प्रचण्डको कार्यकारी फिलिङ्स अब नरहेको प्रष्ट संकेत गर्छ । पार्टीभित्र दर्जनभन्दा बढी नेता शक्तिकेन्द्र हुँदा यतिबेला नेकपा नमिलेको परालको टौवाजस्तो देखिएको छ जुन टौवारुपी नेकपा कुनै पनि बेला गल्र्यामगु्र्लुम्म ढल्न सक्छ । झट्ट हेर्दा नेकपा यतिबेला तत्कालीन राजपाको स्थितिमा छ । राजपामा ६ अध्यक्ष भएजस्तै नेकपामा पनि शक्तिको केन्द्र धेरै नेताहरूमा बाँडिएको छ । पार्टीभित्र शाखा पार्टीको अभ्यास निरन्तर भइरहेको छ । स्वयं प्रधानमन्त्री ओली मदन भण्डारी फाउन्डेसनको नाममा तलसम्मै गुट चलाइरहेका छन् ।

यता पूर्वमाओवादीहरू जिल्लाजिल्लामा भेला राख्ने क्रम जारी छ । फेरी पनि नेकपा टिक्ने कि नटिक्ने भन्ने निर्णायक भूमिकामा माधव नेपाल रहेको प्रष्ट हुन्छ । यसले अन्य नेताहरूलाई झस्काइरहेको मात्रै छैन उनीहरू पनि सोही तयारीमा लाग्दा कालान्तरमा नेकपा भन्ने पार्टी नै नरहने हो कि भन्ने आशंका मडारिरहेको छ । यहाँ पार्टी एक बनाउछौँ भन्ने शीर्ष नेता नै भोलिको अर्को पार्टीको अभ्याससमेत गरिरहेको धुव्रसत्य भुल्न हुँदैन ।

नेपाली राजनीति बिस्तारै संग्लँदै जाने, पार्टीहरू तीव्र धु्रवीकरणमा जाने, राजनीतिक स्थिरतासहित मुलुक समृिद्धमा जाने परिकल्पना विपरीत यतिबेला मुलुकको सत्ताको बागडोर सम्हालिरहेको पार्टी नै अर्को चुनावमा जनतामाझ जानै पर्दैन कि भन्ने तरिकाले आफैँभित्र लडाइँ गरिरहँदा यसले आमनेपाली नागरिकको आशानिराशामा परिणत हुने चिन्ता सर्वत्र छाएको छ । सँगै सुतिरहेको प्रमुख प्रतिपक्षी दलको कुम्भकर्ण शैलीको निदाइले नेकपालाई केही सहज भए पनि जनता नयाँ विकल्प सोच्न पनि बाध्य हुने तितोसत्य भुल्न कदापि हुँदैन । बाँकी ‘भिरबाट खस्न लागेको गोरुलाई रामराम भन्न सकिन्छ काँध थाप्न जान सकिन्न’ अरू नेताहरूकै मर्जी । (लेखक अनलाइन केन्द्र डट कमका प्रधानसम्पादक हुन्)

प्रतिक्रिया