सिन्धुलीमा कोरोनाबाट थप एक पुरुषको मृत्यु

सिन्धुली । जिल्लामा बिहीवार थप एक जनाको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु भएको छ । सिन्धुली अस्पतालले बिहीवार विज्ञप्ति निकाल्दै एक जना पुरुषको मृत्यु भएको जनाएको हो । मृत्यु हुनेमा कमलामाई नगरपालिका ५ निवासी वर्ष ४८ का पुरुष रहेका छन् ।

मृत्यु हुने ती व्यक्तिलाइ गत असोज १५ गते बेहोस भइ धुलिखेल अस्पताल लगिएको र सोही दिन काठमाडौं मेडिकल कलेज टिचिङ अस्पताल सिनामंगल लगिएको थियो । टिचीङ अस्पतालबाट उनलाई डाइग्नोसिस तथा सास फेर्न गाह्रो हुने र उच्च ज्वरो आएको कारण भेन्टिलेटमा राखेर उपचार गर्नुपर्ने भनिएको थियो ।

आर्थिक स्थिति कमजो रहेको कारण उनका परिवारले उपचार गर्न खर्चको अभाव भएपछि असोज १९ गते राति १० बजे काठमाडौंबाट सिन्धुली अस्पतालमा ल्याएका थिए । असोज १६ गते मृतकको काठमाडौंको मेडिकल कलेज टिचिगङ अस्पतालमा कोरोना भाइरसको लागि नमुना परिक्षण गर्दा पिसिआर पोजेटिभ आएको थियो ।

उनको सिन्धुली अस्पतालमा उपचार गर्ने क्रममा असोज २० गते बिहीवार मृत्यु भएको सिन्धुली अस्पताल को कोरोना फोकल पर्सन डा.प्रसन्न राज भण्डारीद्वारा हस्ताक्षर विज्ञप्तिमा उल्लेख छ । सिन्धुलीमा यस अघि कोरोनाको कारण एकजना महिलाको मृत्यु भइसकेको छ ।

शव व्यवस्थापनमा अवरोध

कोरोना भाईरसका कारण मृत्यु भएका ती पुरुषको शव व्यवस्थापनमा भने स्थानीयले अवरोध गरेका छन् । संक्रमितको शव व्यवस्थापनमा नेपाली सेनालाई स्थानीयले अवरोध गरेका हुन् । शव व्यवस्थापनका लागि शव गडौली घाटमा लगेर फिर्ता गरिएको छ ।

सेनाले गडौली घाटमा खाल्डो खनि शव व्यवस्थापन गर्न लाग्दा स्थानीयले अवरोध गरेका हुन् । नेपाली सेनाले शव व्यवस्थापनमा परम्परागत घाटमा लगिएको भए पनि स्थानीयले अवरोध गरेका थिए ।

स्थानीयको अवरोधपछि शव फिर्ता गरी कमलामाई नगरपालिका–५ को ढाक्रेवास व्यवस्थापनका लागि लगिएको छ । घाटमा नेपाल प्रहरी, शसस्त्र प्रहरीको टोली परिचालन गरिएको भए पनि स्थानीयको चर्को विरोधपछि मृतकको शवलाई फर्काएर ढाक्रेबास खोलामा व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया