सुक्रबार थप ३५ सय १७ मा कोरोना संक्रमण

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३५ सय १७ सय जनामा कोरोना भाइरस पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या एक लाख ६८ हजार ६३५ पुगेको छ। त्यसैगरी हाल सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार आज देशभर चार हजार ९६ जना संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै कोरोनामुक्त हुनेहरूको कुल संख्या एक लाख २८ हजार ९५८ पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १६ संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेहरूको कुल संख्या ९२० पुगेको छ।

मन्त्रालयको तथ्यांक अनुसार २४ घण्टाभित्र देशभरका विभिन्‍न ल्याबमा जम्मा १४ हजार ९८९ नमुना परीक्षण भएको थियो ।

प्रतिक्रिया