खोजखबर

बिपी प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु

सौर्य अनलाइन २०७७ कार्तिक ६ गते १४:१३ मा प्रकाशित

धरान । यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इनरुवाका एक कोरोना संक्रमितको मृत्यु भएको छ । इनरुवा–१ का ८३ वर्षीय पुरुषको आज बिहान २ बजेर १० मिनेटमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार उच्च रक्तचाप, मधुमेहलगायत अन्य दीर्घ रोग भएका उनलाई यही कात्तिक ३ गते संक्रमण पुष्टि भई प्रतिष्ठान भर्ना गरिएको थियो । यससँगै प्रतिष्ठानमा संक्रमणबाट मृत्यु हुनेको संख्या ६९ पुगेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय