बम विस्फोट हुँदा अफगानिस्तानमा पाँच जनाको मृत्यु, ९ घाइते

काबुल । बम विस्फोट हुँदा अफगानिस्तानमा कम्तीमा पाँचको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार घटनामा परी अरु ९ जना घाइते पनि भएका छन् ।

अफगानिस्तानको मैदान वार्डाक प्रान्त अन्तर्गत पर्ने जर्लेज जिल्लामा घटना भएको प्रान्तीय सरकारले पुष्टि गरेको छ ।

‘सडक छेउमा भएको बम विस्फोटनको घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएको प्रान्तीय सरकारका अधिकारीहरुले जनाएका छन्,’ टोलो न्युजले लेखेको छ ।

प्रतिक्रिया