काठमाडौं । नेपाली फुटबल खेलाडीहरु पछिल्लो समय विदेशी फुटबल लिगसँग जोडिन थालेका छन् । सुरुवाती समयमा नेपाली खेलाडीहरु विदेशी लिग खेल्न गर्थे, बीचमा केही समय विदेशी लिगमा खेल्न जाने क्रम रोकिए पनि पछिल्लो समय नेपाली खेलाडीहरु पुनः जाने क्रम बढेको छ । नेपाली राष्ट्रिय टोली र घरेलु खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका खेलाडीहरु विदेशी लिगहरुमा जोडिन्छन् । भर्खरै मात्र नेपाली राष्ट्रिय टोलीका मुख्य खेलाडीमध्येका एक अविशेख रिजाल पनि विदेशी लिगसँग जोडिए । उनी नेपालबाट भारतको दोस्रो डिभिजन टिममा खेल्न थाले । भारतको दोस्रो डिभिजन टिमबाट खेल्न थालेपछि उनी अहिले उत्कृष्ट खेलाडीको सूचीमा पनि पर्न सफल भएका छन् । आफूले खेलेको दोस्रो खेलमा नै उनी गोल गर्न सफल भएका थिए ।
अभिषेक रिजाल सम्मिलित मोहम्मेडन स्पोर्टिङ क्लबले दुई खेल खेल्दा दुई गोल गरेका छन् । शनिबार पनि उनको टोलीले खेल खेल्दैछ । शनिबारको खेलमा जित निकाल्ने योजनामा उनको टोली रहेको छ । मोहम्मेडनको शनिबारको खेलमा पनि अभिषेक अन्तिम ११ मा पर्ने सम्भावना छ । त्यस्तै अर्का नपाली राष्ट्रिय खेलाडी नेपाली यू–२३ टोलीका सदस्य राजेश परियार पनि भारतीय लिगमा आवद्ध भएका छन् । उनले आई लिगका लागि छनोटमा रहेको टोली अहम्दबाद फुटबल क्लबसँग एक सिजनका लागि सम्झौता गरेका छन् ।
उनी यसै सिजन मात्र भारतीय लिगमा सम्झौता भएका दोस्रो खेलाडी हुन् । राजेश र अभिषेकले उत्कृष्ट प्रदर्शन गर्दा विदेशी टिमको नजर नेपालका अन्य खेलाडीमाथि पनि परेको छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यबाहक कप्तान किरण चेमजोङ पनि लामो समयदेखि भारतीय आई लिगमा आवद्ध छन् । उनी भारतिय शीर्ष डिभिजनको लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमा पर्दछन् । किरणलाई भारतीय शीर्ष डिभिजनका टोलीहरुले अनुबन्ध गर्न धेरै मेहेनत गरिरहेका छन् । किरण हाल भारतीय आईलिग टिम मिनेर्वा पन्जाबसँग आवद्ध छन् । सुरुवात टिसी स्पोर्टसबाट खेल्ने उनी हाल भारतिय क्लबमा अनुबन्ध भएका हुन् । उनी २०१९ बाट पन्जाबमा अनुबन्ध भएका थिए ।
त्यस्तै नेपाली राष्ट्रिय टोलीका खेलाडी रोहित चन्द पनि इन्डोन एसियाको शीर्ष डिभिजन क्लबमा अनुबन्ध भएका छन् । उनी इन्डोन एसियाको शीर्ष डिभिजन क्लब प्रशिजा जाकार्ताबाट खेली रहेका छन् । सन् २०१७ बाट उनी जाकार्तामा रहेर खेल्न थालेका हुन् । लामो समय विताएका उनले जाकार्ताबाट ९२ लिग खेल खेल्दै ८ गोल पनि गर्न सफल भएका छन् ।
प्रतिक्रिया