माछा आयात नरोक्न व्यवसायीको आग्रह

विराटनगर । मागुुर जातको माछाको आयात नरोक्न माछा व्यवसायीहरूले आग्रह गरेका छन् । विराटनगरमा शनिबार पत्रकार सम्मेलन गरी व्यवसायीहरूले माछा आयात खुुला गर्न आग्रह गरेका हुुन् । विगत २५ वर्षदेखि सबै प्रक्रिया पूरागरी जिउँदो मागुुर जातको माछा आयात गर्दै आएकोमा एक्कासि आयातमा प्रतिबन्ध लगाउँदा माछा व्यवसायी मात्र नभएर नेपाली माछा किसानहरू समेत मार्कामा परेको उनीहरूको भनाइ छ । माछा व्यावसायी मोहमद एहसान शेखले सरकारले माछा पैठारीमा रोक लगाउँदा पाँच हजारभन्दा बढी माछा व्यवसायी मर्कामा परेको बताए । मागुुर अर्थात मुुंग्री जातको जिउँदो माछा स्वस्थ्यकर र अरू माछाको मूल्यभन्दा सस्तो भएका कारण बजारमा सो माछाको माग अत्यधिक रहेको उनको भनाइ छ ।

अर्का व्यापारी सुुभान मियाले मागुुर जातको माछा वार्षिक चार हजार टनभन्दा बढी खपत हुुने गरेको र क्वारेन्टाइन तथा भन्सारमा समेत माछा स्वथ्यकर भएनभएको भनेर जाँच गराएर माछा नेपाल ल्याउने गरेकाले सो माछाले जैविक विविधतामा असर नपर्ने बताए ।  सप्तरी हनुुमान नगरका माछा व्यापारी सन्तोषकुुमार मुुखियाले माछाको आयातमा रोक लगाउनुु कानुुन सम्मत नभएको यसले उपभोक्तालाई मर्कामा पारेको बताए । सो जातको माछा नेपालमा वार्षिक १ हजार २ सय टन उत्पादन हुुने गरेको व्यावसायीहरू बताउँछन् । आपूmहरूले मासिक एक करोडभन्दा बढी राजस्व बुुझाउने गरेको उनीहरूले बताए ।

पत्रकार सम्मेनलमा व्यवसायीहरूले आयात फुुकुुवाका लागि सर्वोच्च अदालतमा समेत निवेदन दिएको बताएका छन् । विभिन्न नाका भएर वार्षिक तीन हजार टन सो जातको जिउँदो माछा नेपालमा आयात हुुने गरेको छ । भारतको बेङ्लोर तथा वेस्टबंगालबाट माछा नेपाल भित्रिने गरेको छ । नेपाल सरकारले गत भदौदेखि सो माछाको आयातामा प्रतिबन्ध लगाएको हो ।

प्रतिक्रिया