ढुङ्गाले हानेर घाईते भएका एक यूवाको मृत्यु

प्युठान । प्युठानमा ढुङ्गाले हानेर घाईते भएका एक यूवाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्लाको स्वर्गद्धारी नगरपालिका ५ सारीका ३५ वर्षिय बिरबहादुर परियारलाई सोही ठाउँका ६० वर्षीय चोचे कामीले ढुङ्गाले हानेर घाईते बनाएका थिए । शुक्रवार साझ ५ बजे बाटोमा हिड्ने क्रममा चोचेले परिवारलाई ढुङ्गाले हानेर घाईते बनाएका थिए ।

घाईते भएका परिवारलाई प्राथमिक उपचार केन्द्र भिग्रीमा उपचार सम्भव नभएपछि लुम्बिनी प्रादेशिक अस्पताल वुटवलमा रिफर गरिएको थियो । परिवारको उपचारको क्रममा आज बिहान ४ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरीक्षक पोषण ढकालले जानकारी दिए । ढुङ्गाले हान्ने कामीलाई ईलाका प्रहरी कार्यालय भिग्रीको नियन्त्रणमा लिएको छ । घट्नाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया