‘मायाले मलाई बोलायो’ भन्दै आइन स्मिता दाहाल (भिडियोसहित)

काठमाडौं । गायिका स्मिता दाहाल र अभिनेता सलोन बस्नेत अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ। गायिका स्मिताको स्वर रहेको ‘मायाले मलाई बोलायो’ बोलको गीत शुक्रबार युट्युबमा सार्वजनिक गरिएको हो। गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत छ। भिडियोमा सलोन र स्मितासगै प्रकाश घिमिरे, गौतम धिमाल, सुुमिन गुरुङको अभिनय रहेको छ। सलोन र स्मिताको यस म्युजिक भिडियोमा बालपनको उमेर देखिको सम्बन्ध ठूलो भइसक्दा पनि कसरी गाढा रहिरहन्छ भन्ने कथा छ।

भिडियोलाई संकल भुजेलले खिचेका हुन् भने कोरियोग्राफी आर्जु बैजुको रहेको छ। भिडियोको सम्पादन बनिश शाहले गरेका हुन्। गीत दिक्षित पौडेलले एरेन्ज गरेका हुन्। पछिल्लो समय ठूलो लगानीमा म्युजिक भिडियोहरू बन्न थालेका छन् र ठुलो पर्दामा जमेका कलाकारको आकर्षण पनि म्युजिक भिडियोमा बढ्दो छ। यस गीतको भिडियोमा पनि ठूलै लगानी गरिएको छ। नायक सलोन बस्नेतले आफ्नै प्रोडक्सन हाउस पर्फेक्ट प्लानबाट निर्माण गरेको यस म्युजिक भिडियोको निर्देशन शिशिर खातीले गरेका हुन्।

 

प्रतिक्रिया