‘ओली सरकार भ्रष्टाचारमा लिप्त छ’ : भट्टराई

पर्सा । पूर्व प्रधानमन्त्री डां बाबुराम भट्टराईले केपी ओलीको सरकार भ्रष्टाचारमा लिप्त आरोप लगाएका छन । जनता समाजबादी पार्टी नेपालले आयोजना गरेको पर्साको बिन्दबासनी गाउँपालिकाको झौवागुठी र पकहामैनपुर गाउँपालिकामा आयोजित वृहत्त पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन । सो अवसरमा उनले सरकारले नेपाली जनता पक्षमा नरही आफ्ना कार्यकर्ता र आसेपासेहरु लाई कमाइखाने भाडा बनाइरहेको आरोप लगाएका हुन ।

अहिलेको सरकार कम्युनिस्ट नभई कमाउनिष्ट सरकार भएको भन्दै भट्टराईले भने, ‘जबसम्म मधेशी र पहाडी समुदायका जनताहरु एक ढिका हुदैनन जबसम्म मधेशी, मुस्लिम,थारु, दलित जनजाती र पहाडमा बस्ने नैमाग, खुमाग लगायत जनजाती हरुको अधिकार सुनिश्चित हुन सक्ने अवस्था छैन ।’ आफ्नो अधिकारको लडार्इ मधेश प्रदेशमा लडेर मात्र केही नहुने भन्दै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले यसको लागि मधेश र पहाडमा मिलेर केन्द्रसम्म लडनु पर्ने तर्क गरे । अबको आउने चुनावमा नेकपा र नेपाली कांग्रेसलाई फालेर जनता समाजबादी पार्टी नेपालले सरकार कब्जा गर्ने पनि भट्टराईले दावी गरे ।

त्यस्तै, जसपाका अध्यक्ष उपेन्द्र यादवले सरकार भ्रष्टाचारमा लिप्त भएको कारण कोरोनालाई नियन्त्रण गर्न असफल भएको बताए । मधेसी जनजातिहरुको अधिकार पूर्ण रुपमा प्राप्त नभएको उल्लेख गर्दै त्यसका लागि आफ्नो आन्दोलन जारी रहेको बताए । कार्यक्रममा बोल्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सघीय सरकार संघीयता बिरोधी भएको आरोप लगाए ।

प्रदेश २ सँग सौतेलो ब्यवहार गरिरहेको आरोप लगाउदै मुख्यमन्त्री राउतले संघीय सरकारको संघीयता बिरोधी गतिविधिको कारण संघीयताबाट जनताको बिश्वास कम हुन थालेको बताए । संघीयता आएपछी तिन तहको सरकार बनेको र संबिधानमा स्थानीय तहमा सिंहदरबार पठाउने भने पनि सिंह आयो तर दरबार आएन यो संघीय सरकारले प्रदेश र स्थानीय तहमा हुकुमत चलाईरहेको उनको आरोप छ । उनले भने, ‘यस्ता भ्रस्टाचारी सरकारलाई हामी सबै मधेशी र पहाडी जनताहरु मिलेर धुल चटाउने छन ।’

पर्साको बिन्दबासिनी गाउँपालिका झौवागुठीमा जसपाका गाउँपालिका अध्यक्ष उमेश साह तेली अध्यक्षतामा समपन भएको थियो, भने पकहामैनपुरमा जसपा अध्यक्ष बिनोद मेहताको अध्यक्षता सम्पन्न भएको थियो । पार्टी प्रबेश कार्यक्रममा झौवागुठी १ हजार र पकहामैनपुरमा ११ सयजना गरि २१ सय जनाले बिभिन पार्टी परित्याग गरि जनता समाजबादी पार्टी प्रबेश गरेका छन ।

बृहत पार्टी प्रबेश तथा दशै, दिपावली, छठ पर्वको शुभकामना अदान प्रदान कार्यक्रममा जसपाका कार्यकारी सदस्य राजेन्द्र श्रेष्ठ, सांसद प्रदिप यादव, सांसद हरिनारायण रौनियार, प्रदेश सांसद प्रह्लाद गिरी, सिंगासन साह, मन्जुर अंसारी , जनत अंसारी, महिला प्रदेश सांसद करिमा बेगम, भिमा यादव, बिन्दबासिनी गाउँपालिका अध्यक्ष श्रीलाल साह मोदी, पकहामैनपुर गाउँपालिका अधयक्ष बिजय चौरसिया, सखुवाप्रसौनी गाउँपालिका अधयक्ष प्रदिप जैस्वाल, गाउँपालिका कुशमी देबी, पोखरिया नगरपालिका उपप्रमुख सलमा खातुन, जसपाका केन्द्रीय महासचिव निजामुदिन समानी,केन्द्रीय सदस्य बिरेन्द्र यादव, नेता सलाउदिन अहमद, बालकिसोर यादव, जिल्ला अधयक्ष रामनरेश यादव, सुन्दर कुर्मी, युवा नेता मुकेश दुबेदी,संतोष तिवारी, मुख्यमन्त्रीका स्वकिय सचिव दिपक यादव, गोरी साह, दादा मदन स्वर्णकार, उपेन्द्र सहनी, लगायतको सहभागिता रहेको थियो । पार्टी प्रबेश कार्यक्रमको संचालन नागेन्द्र यादवले गरेका थिए ।

प्रतिक्रिया