पर्वतारोहणमा शेर्पा समुदायको योगदान

निनाम ‘मंगले’ कुलुङ

वास्तवमा हामी नेपालीहरू अहिले नै मानव पँुजी भनेको हो ? बुभ्mने भइसकेका छैनौँ । त्यसैले तीन जना (दुई जीवित र एक स्वर्गीय) शेर्पा प्रतिभाहरूबाहेक स्वर्गीय सुन्दरे शेर्पा, आङथार्के शेर्पा, बाबुछिरी शेर्पा, लोप्साङ जाङबु शेर्पा, मीनबहादुर शेरचन, आङरिता शेर्पा अनि हालसम्म हामीबीच जीवितै रहनुभएका फुनुरु शेर्पा, शम्भु तामाङ, ल्हाक्पाडोमा शेर्पा, निमी शेर्पा, लाक्पागेलु शेर्पा, आप्पा शेर्पा, कामीरिता शेर्पालगायत नेपालका सयौँ–हजारौँ शेर्पाहरू प्रतिभाहरू प्रति उपेक्षा भाव राखिरहेकै छौँ ।

तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सन् १९५३ मे २९ मा विश्वकै अग्लो हिमाल सगरमाथा चढेपछि पर्वतारोहीहरूका बीचमा मात्रै नभएर आमसर्वसाधारण नागरिकबीच पनि शेर्पाहरूको अदम्य साहसबारे चर्चा सुरु भयो । हुन पनि के भनिन्छ भने, सगरमाथा चढेको प्रमाण अर्थात फोटो तेन्जिङ नोर्गे शेर्पाको छ भने, एडमन्ड हिलारीको छैन । किनकि तेन्जिङ नोर्गेको फोटो त हिलारीले खिचे, तर हिलारीको फोटो तेन्जिङ नोर्गेले खिचेनन् । किनभने, तेन्जिङ नोर्गेले खिच्न जान्दैन थिए । तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमन्ड हिलारीले सगरमाथा चढेपछि विश्वभरि नै सगरमाथा र नेपालका शेर्पा समुदायका बारेमा चर्चा सुरु भयो । शेर्पा समुदायकै कारण अहिले त विदेशी पर्वतारोही र पदयात्रीहरूसँग हिँड्ने जुनसुकै जात वा जातिका मान्छेहरू पनि शेर्पा कहलिन थालेका छन्÷शेर्पा कहलिन्छन् । हामीले असलियतमा कुरो गर्ने हो भने, हाम्रो देश नेपाल पर्वतारोहीहरूको मुहान अर्थात् खानी नै हो भन्न सकिन्छ ।

सगरमाथा चढ्ने पर्वतारोहीहरूको कुरो गर्दा हाम्रो देश नेपाल पर्वतारोहीहरूको मुहान अर्थात् खानी हो । त्यसमा पनि नेपालको सोलुखुम्बु, संखुवासभा, दोलखा, ताप्लेजुङ, सिन्धुपाल्चोक लगायतका जिल्लाहरू पर्वतारोहीहरू उत्पादन हने जिल्लाहरू हुन् भन्न सकिन्छ । अथवा यसो भनौँ, सोलुखुम्बु, संखुवासभा, दोलखा, ताप्लेजुङ, सिन्धुपाल्चोक लगायतका जिल्लाहरूका (विशेषतः शेर्पा समुदाय) पर्वतारोहीहरूले हिमाल आरोहणमा गरेको उन्नति र प्रगति अनि उनीहरूले राखेका अनेकौँ विश्व कीर्तिमानहरूलाई उदाहहरणका रूपमा लिन सकिन्छ । त्यसमा पनि अझ सोलुखुम्बु जिल्लालाई विशेष रूपमा लिनुपर्ने हुन्छ । अझ सोलुखुम्बु जिल्लाको पनि थामो/थामे, हालको ‘खुम्बु पासाङल्हामु गाउँपालिका’लाई नेपालको सन्दर्भमा पर्वतारोहीहरू रहेको नमुना गाउँकै रूपमा लिन सकिन्छ । किनभने, थामो (थामे) गाउँमा पर्वतारोही प्रतिभाहरू धेरै नै रहेका छन् । जस्तै २४औँ पटक सगरमाथा चढेका कामीरिता शेर्पा, पहिलोपटक सबैभन्दा धेरैपटक (२१ पटकसम्म) सगरमाथा चढेका आप्पा शेर्पा (हाल अमेरिका बस्नुहुन्छ, आउने जाने गर्नुहुन्छ ।)

पहिलोपटक लगातार विनाअक्सिजन १०औँ पटक सगरमाथा चढेका स्वर्गीय आङरिता शेर्पा आदिलाई कदापि पनि बिर्सन मिल्दैन/सकिँदैन । किनभने, सगरमाथा आरोही नेपालीमध्ये लगभग ६५÷७५ प्रतिशत (मेरो व्यक्तिगत अनुमान मात्रै हो) सोलुखुम्बु जिल्लाका शेर्पा समुदाय रहेका छन् । अनि मात्रै संखुवासभा, दोलखा, ताप्लेजुङ, सिन्धुपाल्चोकलगायत नेपालका अन्य जिल्लाहरू आउँछन् । २४औँ पटक सगरमाथा चढेका कामीरिता शेर्पा थामेका हुन् । त्यस्तै, पहिलोपटक सबैभन्दा धेरैपटक (२१ पटकसम्म) सगरमाथा चढेका आप्पा शेर्पा पनि थामेकै हुन् । त्यसैगरी पहिलोपटक बिनाआर्टिफिसियल अक्सिजन १०औँ पटक सगरमाथा चढेका आङरिता शेर्पा पनि थामेकै हुन् । स्मरणीय के छ भने, आङरिता शेर्पालाई उनले बिनाआर्टिफिसियल अक्सिजन १०औँ पटक सगरमाथा चढेकै कारण नेपाली मिडियाहरूले मात्रै नभएर विश्वभरिकै मिडियाहरूले ‘हिउँ चितुवा’को उपनाम पनि दिए ।

सगरमाथा चढेर अनेक कीर्तिमान राख्ने कुरो गर्दा कामीरिता शेर्पाभन्दा पहिले सबैभन्दा धेरै पटक (२१ पटकसम्म) सगरमाथा चढेर आप्पा शेर्पाले विश्व कीर्तिमान राखेका थिए । त्यस्तै बिनाअक्सिजन (आर्टिफिसियल÷ बोटल्ड÷ बोटल्स अक्सिजन प्रयोग नगरी) १०औँ पटकसम्म सगरमाथा चढेर कीर्तिमान राख्ने पहिलो आरोही आङरिता शेर्पा थिए । हुन त पहिलोपटक बिनाआर्टिफिसियल अक्सिजन सगरमाथा चढ्ने पर्वतारोही इटलीका रेनहोल्ड मेस्नर हुन् । वास्तवमा हामी नेपाली अहिले नै मानव पँुजी भनेको हो ? बुभ्mने भइसकेका छैनौँ । त्यसैले पनि माथि उल्लिखित तीन जना (दुई जीवित र एक स्वर्गीय) शेर्पा प्रतिभाहरूबाहेक स्वर्गीय सुन्दरे शेर्पा, आङथार्के शेर्पा, बाबुछिरी शेर्पा, लोप्साङ जाङबु शेर्पा, मीनबहादुर शेरचन, आङरिता शेर्पा अनि हालसम्म हामीबीच जीवितै रहनुभएका फुनुरु शेर्पा, शम्भु तामाङ, ल्हाक्पाडोमा शेर्पा, निमी शेर्पा, लाक्पागेलु शेर्पा, आप्पा शेर्पा, कामीरिता शेर्पालगायत नेपालका सयौँ–हजारौँ शेर्पाहरूको प्रतिभाप्रति उपेक्षा भाव राखिरहेकै छौँ । तापनि माथि उल्लिखित नामहरू केवल पर्वतारोहणको क्षेत्रमा मात्रै सीमित नरहेर नेपाल देश र नेपाली जनतहरूका लागि नै अमूल्य निधि हुन् ।
यसरी हेर्दा ‘जीवनमा एकपटक भए पनि विश्वकै अग्लो हिम शिखर सगरमाथा चढेर आप्mनो नाम राख्न पाए हुन्थ्यो !’ भनेर विश्वभरिका मान्छे (खास गरी पर्वतारोहणमा रुची भएका) लाखौँ अमेरिकी डलर खर्च गरेर आउँछन् । तर, हाम्रो देश नेपालका कामीरिता शेर्पालगायत शेर्पा प्रतिभाहरूले त उल्टै उनीहरूबाट काम र माम (ज्याला वा निश्चित रकम) लिएर २४औँ पटक, २१औँ पटक, आङरिता शेर्पाले बिनाआर्टिफिसियल अक्सिजन १०औँ पटक सगरमाथा चढेर पहिलो कीर्तिमान बनाए भने, २०औँ, १९औँ, १८औँ, १७औँ, १६औँ, १५औँ, १४औँ, १३औँ, १२औँ, ११औँ, …औँ …, सगरमाथा चढ्ने नेपाली शेर्पा प्रतिभाहरू त कति कति ! यसरी हेर्दा सगरमाथा चढ्नु कति गौरवशाली कार्य हो ?, सगरमाथा चढ्दा कति ख्याति र इज्जत कमाइन्छ ? कति नाम र दाम कमाइन्छ ?, अनि कति मान–सम्मान पाइन्छ ? भन्ने त तपाईं–हामीलाई भन्दा पनि सगरमाथा चढेर सफलता पाउनेहरूले नै जान्ने कुरो भयो ।

विश्वकै पर्वतारोहण इतिहासमा पहिलो महिला सगरमाथा आरोही बन्ने सौभाग्यचाहिँ जापानकी जुन्को ताबेईलाई जान्छ । उनले सन् १९७५ मे १६ मा सफलतापूर्वक चोमोलुङमा शिखरको चुचुरो चुमेकी थिइन् भने उनी सम्मिलित दलको नेतृत्व मिचिओ युआसाले गरेका थिए । त्यस्तै सगरमाथा आरोही प्रथम नेपाली महिला पासाङल्हामु शेर्पा हुन् भने धेरैपटक सगरमाथा चढ्ने महिला ल्हाक्पा शेर्पा हुन् । उनले आठ पटक सगरमाथा आरोहण गरी सकेकी छिन् । सगरमाथाको शिखरमा धेरै समय बिताउने श्रेय पनि नेपाली पर्वतारोही बाबुछिरी शेर्पाले पाएका छन् भने पहिलो पटक एकै सिजनमा दुईपटक सगरमाथा चढ्ने श्रेय पनि बाबुछिरीलाई नै जान्छ । तर, दुःखको कुरो बाबुछिरी जस्तो बहुप्रतिभाको धनी अहिले हाम्रासामु भौतिक रूपमा छैनन् । त्यस्तै सबैभन्दा कम उमेरमा सगरमाथा चढ्ने श्रेय पनि नेपाली पर्वतारोहीले नै पाएका छन् । सन् २००१ मे २३ मा सगरमाथा चढ्दा दोलखाका तेम्बा छिरी शेर्पाको उमेर १५ वर्ष १८ दिनको थियो भने उनीभन्दा अघि पनि नेपालकै शम्भु तामाङले १८ वर्षको उमेरमा सगरमाथा चढेर कीर्तिमान राखेका थिए । यद्यपि शम्भु तामाङका अनुसार उनले उक्त आरोहण कान्छो आरोहीको कीर्तिमान राख्नभन्दा पनि तल्लो भेगका मान्छेहरूले सगरमाथा चढ्न सक्छ कि सक्दैन ? भनेर प्रयास गरेका थिए । तर उनी आपूm सफल भएको बताउँछन् ।

उमेर र लिंगीय हिसाबले सबैभन्दा पाको उमेरकी सगरमाथा आरोही महिलामा दरिने महिला पनि जापानकी तामा वान्तानावे हुन् । तामा वान्तानावेले सन् २००२ मे १६ मा चोमोलुङमा चढ्दा उनको उमेर ६३ वर्ष भएको थियो । त्यस्तै उत्तर–दक्षिण दुबै दिशाबाट सगरमाथा आरोहण गर्ने प्रथम महिला रसियाकी क्यान ओ डोड हुन् । उनले सन् १९९६ मे २५ मा दक्षिणबाट र सन् १९९९ मा उत्तर तर्फबाट सगरमाथा चढेकी थिइन् । त्यसो त पहिलोपटक सगरमाथामा एकै पटकमा धेरै आरोहीहरूको दुःखद् मृत्यु भएको वर्ष सन् १९९६ हो । जुन वर्ष १५ जना आरोहीहरूको दुःखद् निधन भएको थियो । त्यस्तै सगरमाथा चढ्ने सबैभन्दा ठूलो आरोहण दलचाहिँ चिनियाँ पर्वतारोही दलको थियो । सन् १९७५ मा ४ सय १० जना सदस्यहरू सम्मिलित चिनियाँ पर्वतारोही दलले सगरमाथा चढ्न गएको थियो ।

यसरी सगरमाथा चढेर अनेक कीर्तिमान राख्ने सिलसिलामा नेपाली पत्रकार आङछिरिङ शेर्पाको पनि नाम आउँछ । नेपालको मात्रै नभएर दक्षिण एसियाकै प्रथम पत्रकारको रुपमा सगरमाथा चढेका थिए । कीर्तिमान राख्ने क्रममा सबभन्दा छिटो १२ घण्टा ४५ मिनेटमा पेम्बा दोर्जे शेर्पाले सगरमाथा चढेको पाँच दिनपछि लाक्पा गेलु शेर्पाले १० घण्टा ५६ मिनेटमै सफल आरोहण गरे । त्यसलाई पनि माथ गर्दै अर्को वर्ष उनका प्रतिद्वन्द्वी पेम्बा दोर्जे शेर्पाले ८ घण्टा १० मिनेटमा चढेर नयाँ कीर्तिमान कायम गरे । तर, सो कीर्तिमान माथि पछि उजुरी परेपछि सो कीर्तिमान नेपाल सरकारले खारेज ग¥यो । उता हालसम्मकै सबैभन्दा कान्छी आरोही मिङकिपा शेर्पाले १५ वर्षको उमेरमा तेम्बाछिरीको कीर्तिमान भंग गरिन् । तर, कीर्तिमानको क्रममा अनेक विकृतिहरू पनि देखिन थालेपछि तत्कालीन श्री ५ को सरकारले २०५९ चैत्र १८ गते सोह्र वर्ष मुनिकालाई नेपालको बाटो भएर आरोहण गर्न नदिने नियम लागू गरेको छ । अन्त्यमा सबैभन्दा पहिले आर्टिफिसियल अक्सिजनबिना नै १०औँ पटकसम्म सगरमाथा अर्थात् चोमोलुङमा चढेर कीर्तिमान राखेका पहिलो आरोही स्वर्गीय आङरिता शेर्पाप्रति हार्दिक श्रद्घा–सुमन छ ।

प्रतिक्रिया