रोमाञ्चक खेलमा कोलकत्ताले पञ्जाबलाई २ रनले हरायो

दुवई । आईपिएलको १३ औं संस्करणको २४ औं खेलमा कोलकत्ता नाइट राइडर्स र किङ ११ पञ्जाबलाई २ रनले हराएको छ । आबुधावीमा भएको खेलमा कोलकत्ताले टस जितेर पहिले ब्याटिङ गर्दै १६५ रन बनाएको थियो ।  जवाफी ब्याटिङमा पञ्जाबले ५ विकेटको क्षतिमा १६२ रन मात्र जोडन सक्दा २ रनले पराजित हुनु प¥यो । पञ्जाबका लागि कप्तान लाकेस राहुलले ७५ र मयंक अग्रवालले ५६ रन जोडेका थिए ।

खेलको १८ औं ओभरमा कोकत्ताका बलर सुनिल नरेनले पुरुनलाई पभेयिन फर्किन वाध्य बनाएर म्याचलाई आफ्नो तर्फ मोडे । यसपछि प्रसिद्ध कृष्णले राहुललाई आउट गरेपछि म्याचमा कोलकत्ताको पकड बलियो भयो ।  अन्तिम २ ओभरमा पञ्जावलाई जित्नका लागि २० रनको आवश्यकता थियो, तर पञ्जावले यो स्कोर पनि बनाउन सकेन । म्याक्सवेल १० रनमा अविजित रहे ।

कोलकाता प्रसिद्ध कृष्णाले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । सुनिल नारायणले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए ।त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाताले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो ।
अन्तिम बलमा रन आउट हुनुअघि कार्तिकले २९ बलमा ८ चौका र २ छक्का सहित महत्वपूर्ण ५८ रनको योगदान दिए । गिल ४७ बलमा ५ चौका सहित ५७ रनमा रन आउट हुन पुगे । चौथो विकेटका लागि गिल र कार्तिकले ८२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

तीव्र गतिका बलर मोहम्मद शामीले तेस्रो ओभरको चौथो बलमा ओपनर राहुल त्रिपाठीलाई ४ रनमा बोल्ड आउट गर्दै पन्जाबलाई पहिलो सफलता दिलाएका थिए । चौथो ओभरको तेस्रो बलमा सुभमन गिलसँग तालमेल नमिल्दा नितेश राणा २ रनमा रन आउट भएपछि कोलकाता सुरुवातमा दबाबमा परेको थियो ।

तेस्रो विकेटका लागि ओईन मोर्गन र गिलले ४९ रनको साझेदारी गर्दै इनिङ सम्हाल्न खोजेका थिए । स्पिनर रबि बिश्रोईले ११ औं ओभरको चौथो बलमा मोर्गनलाई म्याक्सवेलबाट २४ रनमा क्याच आउट गराए । मोर्गनले २३ बलमा २ चौका र १ छक्का प्रहार गरे । १८ औं ओभरको पाँचौ बलमा दुई रन लिनेक्रममा गिल रन आउट हुन पुगेका थिए ।

युवा तीव्र गतिका बलर अर्शदीप सिंहले १९ औं ओभरको दोस्रो बलमा आन्द्रे रसेललाई प्रभशिम्रन सिंहबाट ५ रनमा क्याच आउट गराए । प्याट कमिन्स ५ रनमा अविजित रहे । कोलकाता तीन ब्याट्सम्यान रन आउट भएका थिए । रबि बिश्रोईले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । मोहम्मद शामीले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । अर्शदीप सिंहले ४ ओभरमा १ मेडन सहित २५ रन खर्चेर १ विकेट लिए ।

कोलकाताले अव सोमबार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्ने छ । पन्जाबले अव बिहिबार बेंगलोसँगनै खेल्ने छ । यो जितसँगै कोलकाता ६ खेलमा ४ मा जित र २ मा हार सहित तेस्रो स्थानमा उक्लिएको छ । पन्जाब ७ खेलमा ६ मा हार र १ मा जित सहित पुछारमा छ ।

खराब प्रदर्शन गर्दा धोनीलाई धम्की
आईपिएलमा महेन्द्र सिंह धोनीको प्रदर्शन नराम्रो भएको भन्दै उनकै समर्थकहरु सामाजिक सञ्जालमा गाली गलौजमा उत्रिएका छन् । तर, केही प्रयोगकर्ताहरुले सामाजिक संस्कार नै गुमाएका छन् ।  उनीहरुले विवेक गुमाउँदै धोनीविरुद्ध निशाना साँधेका हुन् । एक ट्रोलर्सले धोनीकी पत्नी साक्षीको इन्स्टाग्राम एकाउन्टमा उनकी ५ वर्षकी छोरी जीवालाई बलात्कार गर्ने धम्की दिएका छन् ।

अभिनेत्री नगमाले यस विषयको निन्दा गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोधेकी छिन्,‘यो देशमा के हुँदैछ ?’ नगमाले ट्वीट गरेकी छिन्, ‘एक देशका रुपमा हामी कहाँ खडा छौं ? यो निकै लाजमर्दो छ कि आईीपएलमा केकेआरसँग चेन्नई हारेपछि धोनीकी ५ वर्षकी छोरीलाई बलात्कारको धम्की दिइएको छ । प्रधानमन्त्री, हाम्रो देशमा यो के हुँदैछ ?’  नगमाले ह्यासट्यागमा बेटी बचाओ–बेटी पढाओ पनि लेखेकी छिन् । कर्नाटककी विधायक सौम्या रेड्डीले पनि घटना दुखद् भएको बताएकी छिन् । ‘हाम्रो देशमा के भइरहेको छ ? हामी कता जाँदैछौं ?’ उनले सोधेकी छिन् ।  त्यस्तै, महाराष्ट्रस्थित शिवसेनाकी राज्यसभा सांसद् प्रियंका प्रियंका चतुर्वेदीले लेखेकी छिन् – आज सामाजिक सञ्जालको कसरी गलत प्रयोग हुँदैछ । यो यसको ठूलो उदाहरण हो ।’

कोलकाताविरुद्ध १२ बलमा धोनीको ११ रन
यसअघि आईपिएलमा बुधबार कोलकाता नाइट राइडर्सले धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सलाई १ सय ६८ रनको चुनौती दिएको थियो । जवाफमा धोनीको टिमले १ सय ५७ रनमात्रै बनायो । खेलमा धोनीले १२ बलमा केवल ११ रनमात्रै बनाउन सके । चेन्नई यस सिजनमा अहिलेसम्म खेलेका ६ मध्ये २ खेल जितेर ४ अंकसहित छैटौं नम्बरमा छ । यस सिजन कोरोनाका कारण आईपिएल युएईमा आयोजना भइरहेको छ, धोनीले आफ्नो परिवारलाई खेल स्थलमा लगेनन् । अघिल्ला वर्षहरुमा धोनीकी पत्नी तथा छोरी पनि आईपिएल हेर्न आउँथे ।

प्रतिक्रिया