गायक तथा अभिनेता जोनी रहेनन्

न्युयोर्क । ८० वर्षीय अमेरिकन गायक, लेखक तथा अभिनेता जोनी नाशको निधन भएको छ । उनको निधनले हलिउडको मनोरञ्जन उद्योगमा सन्नाटा छाएको छ । फ्यान तथा स्टारले उनको निधनप्रति सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरिरहेका छन् ।  हलिउडका चर्चित गायक तथा अभिनेताको निधनको खबर उनका छोरा जुनियर जोनी नाशले सार्वजनिक गरेका हुन् । जुनियर जोनीले भने, ‘दुनियाको सबैभन्दा राम्रो पिता र पारिवारिक व्यक्तित्व र सबैलाई माया गर्ने व्यक्ति बुबा हुनुहुन्थ्यो । मानिस उनलाई हमेसा याद गर्नेछन् ।’

जोनीलाई सन् १९७२ मा आएको क्लासिक धुन ‘आई क्यान सि क्लियरली नाउ’ गीतको निर्माता कलाकारको रुपमा चिन्ने गरिन्छ । यो उनको करिअरको सबैभन्दा सम्झनालायक गीत हो । उनले आफ्नो गायन करिअरमा कयौँ सम्झनालायक गीत गाएका छन् । उनको जन्म १९४० अगस्ट १९ मा अमेरिकाको ह्युस्टन टेक्सासमा भएको थियो ।

प्रतिक्रिया