हिरो ग्ल्यामर मोटरसाइकल बजारमा

काठमाडौं । हिरो मोटोकर्पले हिरो ग्ल्यामर मोटरसाइकल बजारमा ल्याएको छ । अद्यावधिक गरिएको सुपर स्प्लेन्डर मोटरसाइकल प्रस्तुत गरेलगत्तै कम्पनीले बहुउपयोगी तथा स्टाइलिस हिरो ग्ल्यामर बजारमा उपलब्ध गराएको हो । यस्को बजार मूल्य २ लाख २० हजार रहेको छ ।
विश्वसनीय कार्य क्षमता एवं अद्भूत सवारी अनुभवसँगै स्टाइलिस नयाँ विशेषताको संयोजनले भरपूर यो नयाँ ग्ल्यामरमा आईबीएस (एकीकृत बैंकिङ प्रणाली)जस्तो सुरक्षात्मक विधि थप गरिएको छ । आईबीएसको सुरक्षाले गर्दा चालकलाई समग्र भूभागमा आराम र वास्तविक सडकको उपस्थितिका साथ दिनभर बाधा अड्चन पर गर्न मद्दत पुग्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

बिक्री शुभारम्भ समारोहलाई सम्बोधन गर्दै हिरो मोटोकर्पको ग्लोबल बिजनेसका प्रमुख रजत भार्गवले हिरो मोटोकर्पको विश्वव्यापी व्यावसायिक रणनीतिमा नेपालको बजारले अर्थपुर्ण स्थान ओगटेको बताए ।  नेपालमा हाल उपलब्ध भइरहेका हिरोका उत्पादनमा एक्सपल्स २००, एक्सपल्स २००टी, एक्स्ट्रिम २००आर, एक्स्ट्रिम स्पोर्टस्, एचिभर १५०, एचएफ डिलक्स, स्प्लेन्डर प्लस, स्प्लेन्डर आइस्मार्ट ११०, सुपर स्प्लेन्डर मोटरसाइकल र डेस्टिनी, प्लिजर, प्लिजर प्लस, डुएट, मेएस्त्रो एज स्कुटर रहेको छ ।

प्रतिक्रिया