नेफ्राको सह बित्तियकरण सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेडको अगुवाई तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (नेफ्रा) को सह–अगुवाईमा सेती खोला हाइड्रोपावर प्रालिले कास्कीको पोखरा महानगरपालीकामा निर्माण गर्न लागेको २२ मेगावाट .विद्युत उत्पादन क्षमता रहेको सेतीखोला हाइड्रोपावर परियोजनामा कर्जा लगानी गर्नको लागि सहवित्तीयकरण सम्झौता गरेको छ ।

आइतार भएको उक्त सम्झौताम कुमारी बैंकबाट २ अर्ब र नेफ्रा बाट १ अर्ब २५ करोड गरी जम्मा ३ अर्ब २५ करोड रुपैंया बराबरको कर्जा सिमा स्वीकृत भएको छ । कुमारी बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा सो बैंकका तर्फबाट नायव महाप्रबन्धक रामचन्द्र खनाल, नेफ्राका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे र परियोजनाको तर्फबाट अनुप आचार्य लगायतको उपस्थिति रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा आचार्यले विद्यमान प्रतिकुल परिस्थितिका बाबजुद परियोजनामा लगानीको लागि सहवित्तीयकरण सम्झौता सम्पन्न हुँदा आफु उत्साहीत भएको र परियोजना निर्माण कार्य दु्रत गतीमा संचालन गरी परियोजनाको अनिवार्य व्यवसायीक संचालन निर्धारित समय भित्रै सम्पन्न गरी संचालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे । सोही कार्यक्रममा कुमारी बैकका नायव महाप्रबन्धक खनालले हाल सम्म ४९ वटा वटा विभिन्न परियोजनामा २२ अर्ब ८५ करोड बराबरको कर्जा सिमा स्वीकृत गरिसकेको र नेफ्राका नायवकार्यकारी अधिकृत पाण्डेले हालसम्म ७ वटा विभिन्न परियोजनामा ८ अर्ब ३५ करोड बराबरको कर्जा सिमा स्वीकृत गरिसकेको जानकारी गराएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया