एनआईसी एशियाको ब्याजदरमा छुट पाउन १६ दिन बाँकी

काठमाडौं । एनआईसी एशिया बैंकले भाखा नाघेका कर्जाको ब्याजदर ८.९९ प्रतिशत कायम गर्न १६ दिन बाँकी रहेको जनाएको छ । कोभिड १९ बाट आफ्ना ऋणीमा परेको असर न्यूनीकरण गर्न बैंकको सहुलियतका योजनामा २०७७ साउन मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाको २०७७ असोज मसान्तसम्मको साँवा तथा ब्याज रकम सोही मसान्तभित्र चुक्ता भुक्तान गरे साबिकको ब्याजदरलाई घटाई १ कात्तिक २०७७ देखि लागु हुनेगरी ८.९९ प्रतिशत ब्याजदर कायम गरिने योजना ल्याएको थियो ।

यस असाधारण समयमा ग्राहकमा परेको आर्थिक भारलाई कम गर्ने हेतुले बैंकले ल्याएको यस योजनामा सहभागी हुन १६ दिन बाँकी रहेको बैंकले जनाएको छ । यस बैंकबाट मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाका साथै चालुपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जालगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जा उपभोग गरेका सबै योग्य ग्राहकले योजनामा सहभागी भई समयमै लाभ लिन सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया