अर्थबजार

आइएमई इन्स्योरेन्स र ह्याम्स हस्पिटलबीच नगद रहित सेवा सम्झौता

सौर्य अनलाइन २०७७ असोज १५ गते १३:१२ मा प्रकाशित

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ह्याम्स हस्पिटलवीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र ह्याम्स हस्पिटलका कार्यकारी निर्देशक डा. जोतिन्द्र शर्माले हस्ताक्षर गरे । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमा लेखको सीमा सम्म हयाम्स हस्पिटलबाट नगद रहित हस्पिटलाईजेशस सुविधा प्राप्त गर्न सकिने छ ।

साथै सोही अवसरमा श्रेष्ठले ह्याम्स हस्पिटलले आफना ग्राहक महाानुभावहरुलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसंग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसंग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसंग आवद्ध सदस्य महानुभावहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्नु हुने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय