मैथिली भाषाको एप

धनुषा । मैथिली भाषालाई विश्वव्यापी बनाउने लक्ष्यका साथ एक जना अभियन्ताले मैथिली ‘टयुटर’ नामक एपको विकास गरेका छन् । कोरोनाका कारण लगाइएको बन्दाबन्दीको अवधिमा अभियन्ता अभिनव झाले सो एपको विकास गरेका हुन् । उनले मैथिली भाषालाई विश्वव्यापी बनाउन एपको विकास गरेको सुनाए । अभियन्ता झा सप्तरीको राजविराज नगरपालिकाका हुन् ।

अस्टे«लियाको लाँ ट्रो विश्वविद्यालयबाट दूरसञ्चार र नेटवर्क इञ्जिनियरिङमा एमई गरेका झा भारतको एउटा कम्पनीमा कार्यरत् छन् । उनले बन्दाबन्दीका कारण घरबाटै कार्य सम्पादनका क्रममा सो एपको विकास गरेका हुन् । मैथिली टयुटर नामक एपबाट मैथिली भाषा सजिलै सिक्नसक्ने विशेषता रहेको छ । साथै यसबाट मैथिली भाषीलगायत अन्य भाषीसमेत मैथिली भाषा सिक्न सकिने झाले बताए ।

 

उनले भने, ‘आफू अस्टे«लियामा अध्ययन गरे पनि मैथिली भाषाप्रतिको अगाध आस्था र पारिवारिक सदस्य एवं समाजको सहयोग एप विकासका लागि उत्प्रेरित गरेको हो ।’ एपमा मैथिली भाषाको ऐतिहासिकताबाट प्रारम्भ गरी पाँच अध्यायमा भाषा बोल्ने र सिक्ने सीप र अभ्यासको विकास गरिएको छ ।

अभियन्ता झाकी आमा आरतीले अभिनवले मैथिलीे भाषाको एप विकासले विश्वभरि पु¥याउनमा सफलता पाएकामा आफूले गौरव महशुस गरेको बताइन् । अडियो, भिडियो, ग्राफिक्स र एनिमेसनको सहयोगले १५ दिनमा विकास गरिएको यस एपलाई गुगल प्लेस्टोरबाट डाउनलोड गरी मैथिली भाषा सजिलै सिक्न सक्ने झाले जानकारी दिए ।

प्रतिक्रिया