बाघको आक्रमणबाट १ को मृत्यु २ घाइते

रौतहट । रौतहटमा बाघको आक्रमणबाट एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । रंगपुर साझेदारी वन क्षेत्रमा बाघको आक्रमणमा परी स्थानीय घाइते भएका छन् । चन्द्रपुर–६ का २७ वर्षीय संगम भण्डारीको बाघको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेमबहादुर शाहीले जानकारी दिए ।

भण्डारीको कमरभन्दा तलको भाग बाघले खाएको अवस्थामा जंगलमा फेला परेको डिएसपी शाहीले बताए । बाघको आक्रमणबाट घाइते हुनेमा चन्द्रपुर–६ का २८ वर्षीय अशोक थापा, ३५ वर्षीय प्रविण श्रेष्ठ रहेका छन् । उनीहरूको पाखुरा, छाती र हातमा चोट लागेको छ । मृतक भण्डारी जंगलमा हराएपछि गाउँका १०÷१२ जना युवा मंगलबार राती खोज्न गएका थिए । खोज्न गएका युवाहरूलाई सत्यारी जंगलको तीन कुवावन क्षेत्रमा बाघले आक्रमण गरेको थियो ।

बाघले आक्रमण गरेपछि उनीहरूले खाल्टोमा हाम फालेर ज्यान बचाउन सफल भएका थिए । घाइतेहरूको मंगलबार राती नैचन्द्रपुर अस्पतालमा उपचारपश्चात थप उपचारका लागि अन्यत्र लैजान लागिएको स्थानीय युवा सहदेव केसीले जानकारी दिए ।

प्रतिक्रिया