भारतका उप–राष्ट्रपतिलाई कोरोना

नयाँ दिल्ली । भारतका उप–राष्ट्रपति वेंकैया नायडूलाई कोरोना भाइरसको संक्रमण भएको छ। उप–राष्ट्रपतिको सचिवालयले मंगलबार नायडूलाई संक्रमण भएको जानकारी दिएको हो।

‘भारतका उप–राष्ट्रपतिको आज नियमित कोभिड–१९ को परीक्षण गरियो जसमा उहाँ पोजेटिभ आउनुभएको छ। यध्यपी उहावां लक्षण छैन र स्वस्थ्य देखिनु भएको छ’, सचिवालयले ट्विट गरेको छ। ‘उहाँलाई घरमा नै क्वारेन्टिनमा बस्ने सल्लाह दिइएको छ। उहाँकी पत्नी ऊषा नायडूको परीक्षण नेगेटिभ आएको छ र उहाँ सेल्फ आइसोलेसन हुनुहुन्छ’, ट्विटमा थप भनिएको छ।

प्रतिक्रिया