मत-विमत

नेपालको पर्यटनमा विविधिकरणको आवश्यकता

निनाम ‘मंगले’ कुलुङ २०७७ असोज १३ गते ५:१० मा प्रकाशित

निनाम ‘मंगले’ कुलुङ

मरुभूमिको देश युनाइटेड अरब इमिरेटस् (युएई) जस्तो देशमा कृतिम हिउँको ढिस्को निर्माण गरेर स्की पर्यटनलाई व्यापक रूपमा फैलाइएको छ÷प्रचारप्रसार गरिएको छ । खास गरी यो काम युनाइटेड अरब इमिरेटस् (युएई) को पनि दुबई स्टेट (राज्य) ले गरेको छ । यसरी हेर्दा मरुभूमिको देशमा कृतिम हिउँको ढिस्को निर्माण गरेर स्की गर्न÷खेल्न युरोपीय देशहरूबाटसमेत भिड लाग्ने गरेको देखिन्छ ।

 

यो वर्षको २७ सेप्टेम्बरमा विश्वभरि नै ४१औँ ‘विश्व पर्यटन दिवस’ मनाइयो । स्मरणीय छ, सन् १९८० देखि संयुक्त राष्ट्र संघले हरेक वर्षको २७ सेप्टेम्बरलाई ‘विश्व पर्यटन दिवस’का रूपमा मनाउने निर्णय गरेको थियो । तर, यो वर्षको ४१औँ ‘विश्व पर्यटन दिवस’ विगतमा जस्तो हल्लाखल्ला र रौनकविहीन ढंगले ‘विश्व पर्यटन दिवस’ मनाइयो । अर्थात् धेरैजसो मान्छेहरूले यो वर्षको ४१औँ ‘विश्व पर्यटन दिवस’का बारे थाहा नै पाएनन् । हुन पनि सदाबहार रूपमा गुल्जार रहने काठमाडांैको ठमेल क्षेत्रमा समेत विदेशी पर्यटकहरूको खासै अनुहार देखिएन ।

विश्वमा समयको गतिसँगै विभिन्न सेवामुलक क्षेत्रमा विविधिकरणले व्यापक रूप लिएको छ । त्यस्तै नेपालमा पनि हाल आएर पर्यटन क्षेत्रमा विविधिकरण भएको मान्न सकिन्छ । यसरी पर्यटनमा विविधिकरणको प्रसंगमा भन्ने हो भने, मरुभूमिको देश युनाइटेड अरब इमिरेटस (युएई) जस्तो देशमा कृतिम हिउँको ढिस्को निर्माण गरेर स्की पर्यटनलाई व्यापक रूपमा फैलाइएको छ-प्रचारप्रसार गरिएको छ । खासगरी यो काम युनाइटेड अरब इमिरेटस (युएई) को पनि दुबई स्टेट (राज्य) ले गरेको छ । यसरी हेर्दा मरुभूमिको देशमा कृतिम हिउँको ढिस्को निर्माण गरेर स्की गर्न÷खेल्न युरोपीय देशहरूबाट समेत भीड लाग्ने गरेको देखिन्छ । यसरी मरुभूमिको देशमासमेत स्की पर्यटनले गति लिएको देख्दा हामीले (कम्तिमा यो पंक्तिकारले) ईष्र्या गर्न नै त भनी नहालौँ तर हाम्रोजस्तो भूपरिवेष्ठित देश नेपालमा पनि युएईमा जस्तै कृतिम समुन्द्र बनाएर नांगा–भुतुंगा पर्यटकहरूको भिड लगाउन पाए कस्तो हँुदो हो ? तर, नेपालमा हालसम्म त्यस्तो संभावनाका बारेमा कसैले अध्ययन–अनुसन्धान गरेको देखिएको÷सुनेको छैन ।

नेपाल पनि पर्यटनका लागि अनेकौँ संभावना भएका विश्वका केही देशहरू मध्येमा पर्छ । चाहे त्यो भगौलिक हिसाबले होस्, चाहे त्यो जातीय विविधताको हिसाबले होस्, चाहे त्यो भाषिक विविधताको हिसाबले नै किन नहोस्, । चाहे त्यो सांस्कृतिक विविधिताको हिसाबले नै किन नहोस्, चाहे त्यो जैविक विविधताको हिसाबले नै किन नहोस् । अथवा भौगोलिक विविधताकै हिसाबले किन नहोस् । विश्वका एकसेएक देशसँग दाँज्न सकिने सम्पदाहरू र संभावनाहरू हाम्रो देश नेपालमा छ । यसरी पर्यटन क्षेत्रमा आएको विविधिकरण सँगसँगै आएका पर्यटकहरूलाई नयाँपन दिने लहरले गर्दा हाल विश्वका सौखिन पर्यटकहरू रोजी छानी आफ्नो गन्तव्य फेर्न थालेका छन् । त्यसैले त विश्वका अनेकौँ देशहरूले पर्यटकहरूलाई अनेकौँ खालका सेवा सुविधाहरू दिइरहेका छन् । पर्यटन व्यवसाय गरिरहेका छन् । र, विविधखाले पर्यटनले फस्टाउने अवसर पाएको छ ।

त्यस्तै नेपालमा पनि नेपाल आउने पर्यटकहरूलाई पर्वतारोहण, बन्जी जम्पिङ, साइक्लिङ, प्याराग्लाइडिङ, जलयात्रा, पदयात्रा, चट्टान आरोहण, माउन्टेन फ्लाइट, माउन्टेन बाइकिङ हाइकिङ, मेडिटेसन, हेल्थ टुरिजम, साहसिक पर्यटन, सांस्कतिक पर्यटन, अध्ययन पर्यटन, स्वस्थ्य उपचार पर्यटन (उपचार गर्न नेपाल आउने विदेशीहरू), सिटी टुर, सांस्कृतिक अध्ययन, सामाजिक अध्ययन, जातजाति विषेशको धर्म र संस्कृति, भाषा आदिको सम्बन्धमा अध्ययन गर्न आउने पर्यटन, सिकार पर्यटन, चरा पर्यटन, वन्यजन्तु अवलोकन पर्यटन सफारी पर्यटन, वन्यजन्तु अध्ययन–अनुसन्धान पर्यटन आदि इत्यादिको संभावना धेरै नै छ । यहाँ चर्चा गर्न खोजिएको विषयचाहिँ विश्व पर्यटन दिवस र निकुञ्ज पर्यटनका बारेमा हो ।

मान्छेहरूले स्वीकारे पनि नस्वीकारे पनि वास्तवमा निकुञ्ज पर्यटन पनि हामी नेपालीहरूका लागि अझ खासगरी ग्रामीण भेगका नेपालीहरूका लागि आर्थिक आधार स्तम्भको रुपमा रहेको छ भन्दा अत्युक्ति हुँदैन । किनभने अधिकांश निकुञ्जहरू गाउँघरका आसपासमा छन् । जे होस्, हालसम्म नेपालमा सगरमाथा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, शिवपुरी राष्ट्रिय निकुञ्ज, रारा राष्ट्रिय निकुञ्ज, खप्तड राष्ट्रिय निकुञ्ज, शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज, मकालु वरुण राष्ट्रिय निकुञ्ज, लाङटाङ राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज लगभग एक दर्जनको हाराहारीमा राष्ट्रिय निकुञ्जहरू भएता पनि आम्दानी र पर्यटकहरूले भ्रमण गर्ने गरेको संख्याको हिसाबले हेर्दा सगरमाथा राष्ट्रिय निकुञ्ज, लाङटाङ राष्टिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जलाई नै निकुञ्ज पर्यटनको आधारस्तम्भ मान्नुपर्ने हुन्छ ।

हुन त नेपालको सन्दर्भमा पर्यटनको बारेमा कुरो गर्दा हरेक क्षेत्रमा विदेशीहरूको सुरुआती योगदान रहेको देखिन्छ । चाहे त्यो आधुनिक होटल व्यवसाय होस् वा पदयात्रा पर्यटन होस् अथवा हिमाल आरोहण नै किन नहोस् । आधुनिक र सुविधा सम्पन्न होटलको सन्दर्भमा भन्नुपर्दा तत्कालीन सोभियत संघका नागरिक बोरिस लिसानोभिचले काठमाडांैमा अहिले निर्वाचन आयोग भएको बहादुर भवनमा पहिलोपटक ‘रोयल होटल’ नामक होटल खोलेपछि नेपाल आउने विदेशी पर्यटकहरूले आधुनिक होटलको सेवा लिने आधारस्तम्भ खडा भएको मानिन्छ । वास्तवमा तत्कालीन सोभियत संका नागरिक बोरिस लिसानोभिचलाई नेपालको पर्यटन क्षेत्रको पनि विशेषतः होटल व्यवसायमा नेपालीहरूलाई कखरा सिकाउने पहिलो व्यक्तिभन्दा फरक नपर्ला । त्यस्तै नेपालमा निकुञ्ज पर्यटनको आधारस्तम्भ खडा हुनुमा पनि विदेशी नागरिककै हात छ ।

सन् १९६० को दशकमा बेलायतका नागरिक जिम एडवर्डस्ले पहिलोपटक चितवनमा ‘टाईगर टप्स’ नामक होटल खोलेर निकुञ्ज क्षेत्रमा होटल खोलेर निकुञ्ज क्षेत्रमा पर्यटन व्यवसायको थालनी गरेका थिए । स्मरणीय छ, हाल जिम एडवर्डस् यो भौतिक संसारमा छैनन् । वास्तवमा हाल आएर चितवन जिल्लाको सौराहा क्षेत्र र वरिपरि देशकै एउटा उदाहरणीय निकुञ्ज पर्यटनस्थल हुनुमा उनै जिम एडवर्डस्को ठूलो वा महत्वपूर्ण योगदान छ भन्दा कसैले नकार्न सक्दैन । भलै वातावरणको नाममा डलर हजम गर्न पल्केका कथित् वातावरणविदहरूले विनाविकल्प त्यहाँ रहेका होटलहरू बन्द गर्नुपर्ने भनी केही वर्षअघि रडाको मच्चाएका थिए भने अभैm पनि मसिनो गरी यो स्वर सुनिने गरेको छ । हुन पनि हाल आएर केबल विदेशी पर्यटकहरू मात्रै नभएर उच्चमध्यम स्तरका आय भएका नेपालीहरू पनि त्यहाँ आन्तरिक पर्यटकका रूपमा प्रशस्तै जान थालेका छन् । तैपनि नेपाल सरकारको तर्फबाट निकुञ्ज पर्यटनका लागि चाहे जत्ति सरसहयोग छैन, राष्ट्रले दिनसक्ने योगदान दिन सकेको छैन ।

एककिसिमले भन्ने हो भने नेपाल सरकार व्यवसायीहरूबाट मनग्गे कर लिन तयार छ । तर, राज्यको तर्फबाट व्यवसायीहरूलाई दिनु पर्ने न्यूनतम सेवा सुविधा दिन भने दाँतबाट पसिना झार्ने लोभी मानिस जस्तै भएको छ । यस मामिलामा कुरा नचपाई भन्ने हो भने, वास्तविक सरकार भन्नु नै नेपालका निजामती कर्मचारीहरू हुन् । उनीहरू स्थाई सरकार पनि हुन् । त्यसैले नीतिनियम, विनियमहरू बनाउनमा मुख्यतया कर्मचारीतन्त्रको ठूलो हात रहेको हुन्छ । किनभने, सरकार भनेको त आज एउटा राजनीतिक पार्टीको सरकार आउँछ, त्यो सरकारले आफ्नो सरकारको मन्त्रिमण्डल पूर्णरूपले गठन गर्न नपाउँदै भोलि अर्को राजनीतिक पार्टीको सरकार आउँछ । त्यसैले नेपाली कर्मचारीहरूले आत्मासाक्षी राखेर देश र जनताको हितलाई सर्वोपरि हित ठानेर काम गरेमा निकुञ्ज पर्यटनले मात्रै होइन, समग्रमा देशले गति लिन पनि खासै समय लाग्ने थिएन कि ?

सन् २०१९ को डिसेम्बर अन्तिमदेखि चीनको दक्षिण–पूर्वी प्रान्त हुपेइको राजधानी सहर वुहानबाट पैmलिन सुरु भएको महामारी भाइरस (कोभिड–१९) को कारणले गर्दा यो वर्षको ‘विश्व पर्यटन दिवस’ नेपालमा मात्रै नभएर विश्वभरि नै रौनकविहीन भएको हुने भएको छ । तर, हाम्रो देशले ४१औँ ‘विश्व पर्यटन दिवस’कै सेरोफेरोमा विश्व पर्वतारोहण इतिहासमा बिरलकोटीको कीर्तिमान अर्थात् १० पटकसम्म विनाआर्टिफिसियल अक्सिजन सगरमाथा अर्थात् चोमोङलुमा चढेर गिनिस÷गिनिज बुकमा नाम लेखाएका पहिलो पर्वतारोही आरोही आङरिता शेर्पालाई हामीले सधँैका लागि गुमायौँ । स्वर्गीय आङरिता शेर्पाप्रति मेरो हार्दिक श्रद्घा–सुमन छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय