छत्रेश्वरी गाउँपालिकका सबै वडामा अनिश्चितकालीन तालाबन्दी

सल्यान । जिल्लाको छत्रेश्वरी गाउँपालिकाका सबै वडा कार्यालयहरूमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । करारमा रहका कर्मचारीहरूलाई विनाकारण म्याद नथपेको भन्दै करार कर्मचारीहरूले अनिश्चितकालीन तालाबन्दी गरेका हुन् ।  वडा कार्यालयहरूमा तालाबन्दी गरिएसँगै वडा कार्यालयहरूबाट हुने सबै कामहरू प्रभावित हुन थालेका छन् । करारमा रहेका कर्मचारीहरूले विनाकारण आपूmहरूलाई हटाउन खोजेपछि विरोधका कार्यक्रमहरू सार्वजनिक गर्दै तालाबन्दी गरेका हुन् ।  देशका विभिन्न निकायहरूमा करार कर्मचारीहरूले अहिले पनि काम गरिरहेको भन्दै आपूmहरूलाई पूर्वाग्रही ढंगले हटाउन खोजेको करार कर्मचारी संघर्ष समितिका संयोजक दिलीप बोहराले जानकारी दिए । ‘हामीले हाम्रा मागहरूको सुनुवाई गर्नका लागि पटकपटक उहाँहरूसँग कुरा पु¥याएका छौँ तर उहाँहरूले हाम्रो मागको सुनुवाई नगरेपछि बाध्य भएर तालाबन्दी गरेका हौँ’, संयोजक बोहोराले भने, ‘योसँगै हामी धर्ना, जुलुसजस्ता शान्तिपूर्ण कार्यक्रम जारी राखेका छौँ ।

आफ्ना मागहरू सुनुवाई नभए गाउँपालिकामा समेत तालाबन्दी गर्न बाध्य हुने उनीहरूको भनाइ छ । वडा कार्यालयहरूमा तालाबन्दी गरेपछि वडाबाट हुने सबै कार्यहरू प्रभावित हुन थालेका छन् । नेकपा समर्थक वडाध्यक्षहरूले गाउँपालिकामा रहेका करार कर्मचारीहरू हटाउनुपर्ने अडान राख्दै गाउँ कार्यपालिका तथा गाउँसभाका बैठकहरू बहिष्कार गर्दै आएका छन् । गाउँपालिकाले अहिलेसम्म बजेट पारित गर्न नसक्दा गाउँपालिका भित्रका विकासका कार्यहरू समेत प्रभावित हुन थालेका छन् ।

यता गाउँपालिका अध्यक्ष सन्तोष केसीले भने गाउँपालिकाले आवश्यकताका आधारमा करारमा कर्मचारी नियुक्ती गरिएकोले आपूmले कुनै हालतमा नहटाउने जानकारी दिएका छन् । ‘हिजो उहाँहरूकै सहमतिमा गाउँपालिकामा करारमा कर्मचारीहरू भर्ना गरिएको हो अहिले आएर हटाउने भन्ने कुरामा सहमति हुँदैन’, अध्यक्ष केसीले भने । आपूmले सहमतिका लागि पटकपटक प्रयास गरेको भए पनि हरेकपटक बखेडा झिकेर बैठक बहिष्कार गर्ने गरेको अध्यक्ष केसीको भनाइ छ । ‘गाउँपालिकाभित्र हुने सबै कार्यहरू ठप्प भएका छन् अब वार्तामार्फत समस्याको समाधानका लागि तयार छु’, अध्यक्ष केसीले भने ।

आपूmले पटकपटक वार्तामार्फत समस्याहरू समाधान गर्नका लागि पहल गरेको भए पनि सहमति हुन नसकेको अध्यक्ष केसीको भनाइ छ । ‘गाउँपालिकामा कार्यरत कर्मचारीहरूले तालाबन्दी गरेका छन् । अब यसको समाधानको उपाय भनेको वार्ता नै हो वार्ताबाट नै सबै समस्याको हल हुन्छ भन्ने मेरो बुझाइ हो’, अध्यक्ष केसीले भने ।

नेकपा समर्थक वडाध्यक्षहरूले करारमा भर्ना गरेका कर्मचारीहरूलाई हटाउनुपर्ने माग राख्दै गाउँसभा बहिष्कार गर्दै आएका छन् । समयमै गाउँसभा हुन नसक्दा गाउँपालिकामा कार्यरत अन्य कर्मचारीहरूले समेत तलब खान पाएका छैनन् ।

प्रतिक्रिया