माथिल्लो चमेलियमा ऋण लगानी

काठमाडौं । हिमालयन बैंकको अगुवाइमा अपी पावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनामा ५ अर्ब १८ करोड रुपैयाँ ऋण लगानी हुने भएको छ । हिमालयनको अगुवाईमा कर्मचारी संचयकोष, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल बंगलादेश बैंक र सेञ्चुरी कमर्सियल बैंकले सह–वित्तियकरण बनाई सो रकम आयोजनामा ऋण प्रवाह गर्ने भएका हुन् ।

अपी पावर र हिमालयनबीच आइतबार ऋण लगानी सम्झौता भएको छ । आयोजना निर्माणका लागि सेयरधनीहरुबाट स्वपुँजी जुटाउन चुक्तापुँजी १ अर्ब १३ करोड ४० लाख रुपैयाँको २ बराबार शुन्य दशमलाव ४७ को अनुपातमा ५६ करोड ७० लाख रुपैयाँको हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त भइसकेको छ । कम्पनीको हालको चुक्तापुँजी १ अर्ब १९ करोड रुपैयाँ छ । कम्पनीले तेश्रो आयोजनाको रुपमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना पहिचान गरी निर्माणको काम सुरु गरेको छ ।

प्रतिक्रिया