उप्रेती र प्रश्रितलाई पद्मश्री

काठमाडौं । समालोचक तथा उपन्यासकार सञ्जीव उप्रेतीद्वारा लिखित उपन्यास ‘हंस’ २०७६ सालको पद्मश्री साहित्य पुरस्कार प्रदान गरिने भएको छ । यसैगरी यस वर्षको पद्मश्री साधना सम्मान मोदनाथ प्रश्रितलाई प्रदान गर्ने खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानद्वारा प्रदान गरिने पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशी तीन लाख रहेको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जनाएका छन् ।

प्रतिष्ठानले जारी गरेको विज्ञप्ति ‘हंस’ उपन्यासमा लेखकले मानिसद्वारा निर्मित देश, कानुन तथा संस्कारले प्रेम र सम्बन्धमा बनाएको जटिलता अनि त्यसले मानिसलाई नै कसरी थिचिरहेछ र बोझ बनाइरहेछ भन्ने कुरा प्रकृति तथा हाँसको कथासँग जोडेर स्वैरकाल्पनिक शैलीका माध्यमबाट प्रस्तुत गरिएको उल्लेख छ । अध्यक्ष लामिछानेद्वारा जारी विज्ञप्तिमा ‘छ दशकदेखि नेपाली काव्य, निबन्ध, नाटक, आख्यान, समालोचना तथा संस्कृति लेखनका माध्यमबाट समाज रुपान्तरण तथा राष्ट्रिय एकतामा महत्वपूर्ण योगदान पु¥याएका साहित्यकार मोदनाथ प्रश्रितलाई अर्पण गर्ने निर्णय गरिएको छ ।’ अध्यक्ष लामिछानेले उप्रेती पूर्वीय दर्शन तथा माक्र्सवादी विचारलाई वैज्ञानिक र वस्तुवादी ढंगले विश्लेषण गरी विश्व मानवता र बन्धुत्व जगाउने लेखक भएको जनाएका छन् ।

खेमलाल–हरिकला लामिछाने प्रतिष्ठान चितवनले २०६३ सालदेखि नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठह¥याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको जनाएको छ । यस्तै २०६७ सालदेखि प्रतिष्ठानले साहित्य, कला, संगीत, अभिनय लगायतका क्षेत्रमा दीर्घसाधना गर्ने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान प्रदान गर्दै आएको छ । लामिछानेले दुवै सम्मान तथा पुरस्कार प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन प्रदान गर्दै आए पनि यो वर्ष विषम परिस्थितिका कारण यसै वर्षभित्र अनुकूल समयमा प्रदान गरिने जानकारी दिए ।

प्रतिक्रिया