बारामा चोरीका घटनामा वृद्धि

बारा । पछिल्लो केही दिन यता बारामा चोरीका घटना वृद्धि भएका छन् । चोरीका घटनाहरू बढ्न थालेपछि जिल्लावासी असुरक्षित महसुस गरिरहेका छन् ।  बारामा चोरीका घटनाहरू बढिरहेको कलैया उपमहानगरपालिका–११ का स्थानीय निवासी कृष्ण गिरीले जानकारी दिए । जिल्लाको महागढीमाई नगरपालिका–८ स्थित ब्रह्मपुरी टोलका बुधन यादव र रामपुकार कुशवाहाको घरमा नगद ३० हजारसहित गरगहना तथा लत्ताकपडा चोरी भएको एकसाता बितिसक्दा पनि चोरहरू पक्राउ पर्न नसकेको पीडित कुशवाहाले बताए ।

पीडित यादवका अनुसार चोरी भएको एकहप्ता बितिसक्दासमेत स्थानीय प्रहरीले चोरहरूलाई समात्न नसक्नुले प्रहरी प्रशासनमाथि नै प्रश्न चिन्ह खडा भएको बताउँछन् । चोरीमा संलग्नलाई पक्राउ गर्न नसक्दा प्रहरीकै संलग्ना भएको हो कि भन्ने स्थानीयको आशंका छ ।

शान्ति सुरक्षाको जिम्मा पाएको बारा प्रहरी शान्ति सुरक्षा भन्दा पनि तस्करीलाई लाइन दिन व्यस्त भएकाले चोरीका घटनाहरू वृद्धि भएको र वरियारपुर प्रहरीचौकीले भारतबाट अवैध रूपमा भन्सार छली गरेर ल्याएका सामानहरू ल्याउने तस्करसँग पैसा लिएर लाइन खोल्ने गरेकोे स्थानीयहरूको आरोप छ ।¬ स्थानीयहरूले तस्करी गर्ने दुई तस्करलाई समातेर प्रहरीलाई जिम्मा लगाए पनि प्रहरीले उनीहरूमाथि कारवाही नगरी छाडेको प्रत्यक्षदर्शीले बताएका छन् ।

यस विषयमा प्रहरीचौकी वरियारपुरका इन्चार्ज प्रहरी नायव निरीक्षक (सई) प्रमोद साहसँग सम्पर्क गर्दा उनले शान्ति सुरक्षाका लागि आपूmहरूले कुनै कसर बाँकी नराखेको बताएका छन् । प्रनानि साहले बताएअनुसार चोरी कार्यमा संलग्नहरूको खोजी कार्य भइरहेको र नगरको शान्ति सुरक्षामा प्रहरीले लापरबाही नगरेको प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया