खोजखबर

प्रहरीमाथि ढुङ्गामुढा गरेको आरोपमा पक्राउ

सौर्य अनलाइन २०७७ असोज ११ गते १८:१० मा प्रकाशित

सिरहा । जिल्लामा निषेधाज्ञाका बेला भीडभाड गरी नाचगान गरेको र रोक्न खोज्दा प्रहरीमाथि ढुङ्गा प्रहार गरेको आरोपमा सिरहाको नवराजपुर गाउँपालिका­४ बाट एक युवकलाई पक्राउ गरेको छ ।

गाउँमा नाचगान गरिरहेका बेला प्रहरी चौकी झाझपट्टीबाट खटिएको टोलीले रोक्न खोज्दा उल्टै प्रहरीमाथि ढुङ्गामुढा गरेको आरोपमा स्थानीय सञ्जीव कुमार यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । पक्राउ परेका युवकलाई इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारी ल्याई थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय