मोडलिङमा जम्दै रणधिर

काठमाडौं । पछिल्लो समयमा नेपालमा ¥याम्प मोडलिङमा युवा पुस्ताको उपस्थिति उत्साहप्रद छ । एक दशकदेखि व्यावसायिक ¥याम्प मोडलिङ गर्दै आएका रणधिर शाहको व्यस्तता अहिले पनि उस्तै छ । फेसनमा रुचि राख्ने रणधिरले आफूलाई समय अनुसार फेसनेबल बनाइरहेका छन् । ‘फेसनेबल पहिरनले मेरो आत्मविश्वास बढाउँछ । सुरुवाती दिनमा केही असहज लागे पनि त्यसपछिका समय सजिलो भयो । यो पेशामा टिकिरहनका लागि लगनशीलता, फिटनेस र मानसिक तयारी हुनुपर्छ । यी सबै गुण ममा छ’, उनी भन्छन् । द ¥याम्प मोडलिङ एजेन्सीबाट व्यावसायिक तालिम लिएर ¥याम्प मोडलिङमा आएका रणधिर मोडलिङको श्रेय कोरियोग्राफर जयन सुब्बा मानन्धर र रोजिन शाक्यलाई दिन्छन् ।

उनले हालसम्म विभिन्न ¥याम्प सोमा आफ्नो सहभागिता जनाइसकेका छन् भने विज्ञापनमा पनि आफूलाई उभ्याइसकेका छन् । पत्रपत्रिका, टेलिभिजन तथा व्यावसायिक विज्ञापनमा उनको उपस्थिति गर्विलो छ । ‘सुरु–सुरुमा फेसन सो निकै कम मात्रामा हुन्थ्यो । वर्षमा तीनदेखि चारवटासम्म मात्र सो हुन्थ्यो । यस्तो सोमा सहभागिता जनाउन निकै संघर्ष गर्नुपथ्र्यो । काम पाउन अहिले जस्तो महिनाको ५–१० सो हुँदैन थियो’, रणधिर सम्झिन्छन्, ‘अहिले पनि नेपालमा व्यावसायिक मोडल कमैमात्र छन् । जसले व्यावसायिक रुपमा काम गरिरहेका छन् ।’

‘मोडल अफ द इयर’ का यी प्रतिस्पर्धीको बुझाइमा आगामी दिनमा एजेन्सीहरुमा नेपाली युवायुवतीलाई व्यावसायिक रुपमा काम गर्न र यो व्यवसायप्रति आकर्षित गर्न सरकारी तवरबाट सहयोग गर्नुपर्ने देखिन्छ । रणधिर मोडलिङलाई नै करियर बनाएर आउँदो पुस्तालाई यो पेशाप्रति चेतना फैलाउने योजनामा छन् । उनी मोडलिङबाट म्युजिक भिडियो र फिल्ममा आफ्नो प्रतिभा देखाउन चाहन्छन् ।

प्रतिक्रिया