अर्थबजार

सांग्रिला बैंकले ल्यायो ऋणीलाई ब्याज छुट योजना

सौर्य अनलाइन २०७७ असोज ९ गते १५:१५ मा प्रकाशित

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कोरोना महामारीबाट बैंकका ऋणी ग्राहकलाई परेको असरको मूल्यांकन गर्दै आफ्ना ऋणी ग्राहक महानुभावहरुका लागि बुझाउन बाँकी आश्विन मसान्त सम्मको ब्याज रकममा १२% आकर्षक छुटको योजना ल्याएको छ । बैंकका ऋणी ग्राहकले २०७७ आश्विन मसान्त सम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको सम्पूर्ण साँवा र ब्याज रकम आश्विन मसान्तसम्म भुक्तानी गरेमा भुक्तानी गरिएको ब्याज रकममा १२ प्रतिशत सहुलियत स्वरुप छुट हुने व्यवस्था गरिएको बैंकले जनाएको छ । यसरी ग्राहक महानुभावहरुलाई व्याज रकममा छुट गरिंदा २०७७ असार मसान्त सम्मको यस डेभलपमेन्ट बैंकको आधार दर भन्दा कम नहुने गरी छुट दिईने व्यहोरा जानकारी गराइन्छ ।

उक्त माथि उल्लेखित व्याज रकममा दिइएको छुट शेयर कर्जा, मुद्दती निक्षेप धितोमा दिइएको कर्जा, तथा लघुवित्त बित्तीय संस्था लिमिटेडको नाममा दिइएको थोक कर्जामा लागु नहुने व्यहोरा समेत जानकारी गराइन्छ । बैंकले ब्याज रकममा प्रदान गर्ने यस छुटले हाम्रा ऋणी ग्राहकहरुलाई हालको यस्तो विषम परिस्थितिमा केही सहयोग पुग्ने विषयमा यस डेभलपमेन्ट बैंक विश्वस्त रहेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय