ब्याइते कांग्रेस र ल्याइते कांग्रेसबीचको झगडा

गोविन्दराज जोशी

तनहुँमा नेपाली कांग्रेसको संगठन निर्माणमा रामचन्द्र पौडेलको भन्दा मेरो योगदान बढी छ । त्यसकारण राजनीतिको सबै मर्यादा तोडेर ७० को चुनावमा पनि तनहुँँको टिकट आफैँ बाड्छु भनी रामचन्द्र पौडेलले तनहुँँको क्षेत्र नं. १ को टिकट बिक्री गरेकै हुन् । स्थानीय निकायको निर्वाचनमा पनि एकलौटी गरेकै हुन् ।

बिपी कोइरालाको सशस्त्र संघर्षका बेला तनहुँमा रामचन्द्र पौडेलको कुनै भूमिका थिएन । हतियार कहाँ थिए, कोसँग थिए ? सशस्त्र क्रान्तिको के तयारी थियो अहिले पनि उनलाई सोध्दा हुन्छ उनलाई थाहा छैन । बिपी कोइराला नेपाल आएपछि तनहुँँमा नेपाली कांग्रेस गठन गर्ने जिम्मेवारी मैले नै लिएको थिएँ । मैले नै बूढो मानिस, योगदान पनि भएका कारण गोवर्धन शर्मालाई अध्यक्ष बनाई म सचिव रही १० जनाको जिल्ला कार्यसमिति गठन गरेको हुँ । त्यो समितिमा पनि रामचन्द्र पौडेल थिएनन् । पछि ०३५ सालमा गोरखपुरमा गिरिजाप्रसाद कोइरालाले बोलाई यिनलाई पनि जिल्ला कार्य समितिको सदस्य बनाउन भनेपछि उनी जिल्ला कार्य समितिको सदस्य बनेका हुन् । म केन्द्रीय समितिको सहमहामन्त्री हुँदा उनी केन्द्रीय सदस्य मात्र थिए ।

म जन्मदै कांग्रेस हुँ । मेरो रगतमा कांग्रेस छ । मेरो पिता पद्मराज जोशी ०१८ सालमा कांग्रेसको नाममा लमजुङ कुन्छाथाना हुँदै पोखरा जेलमा प्रजातन्त्रका लागि लडिरहँदा रामचन्द्र पौडेल पोखरा संस्कृत पाठशालाबाट वामपन्थी विद्यार्थीहरूको प्रतिनिधि बनी काठमाडौेंको विद्यार्थी सम्मेलनमा आएको कुरा श्रीभद्र शर्माको १३औँ शोकसभामा नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा स्वयं रामचन्द्र पौडेलले व्यक्त गरेका हुन् । त्यसको रेकर्ड पार्टी कार्यालयमा छँदै छ होला । वामपन्थीहरूको त्यो सम्मेलनले के निर्णय गर्यो होला सहजै अनुमान गर्न सकिन्छ । त्यसैले तनहुँमा विवाद समानान्तर समितिको होइन विवाद ब्याइते कांग्रेस र ल्याइते कांग्रेसको बीचको हो ।

मेरो समग्र परिवार कांग्रेसको नाममा होमिएको हो । मेरो पिता पद्मराज जोशी ०१८ सालमा जेल पर्नुभएको हो । मेरो छोरा दीपकराज जोशी ०३८ सालमा नेपाल विद्यार्थी संघ तनहुँमा जिल्ला कार्य समिसितको सदस्य हुँदा प्रहरी हिरासतमा परेको र ०४६ सालको जनआन्दोलनमा पनि दमौलीमा हिरासत रहेको थियो । कान्छो छोरा दिनेशराज जोशी पनि ०४६ सालको जनआन्दोलनमा पहिला काठमाडौं र पछि तनहुँँमा हिरासतमा रहेका थियो । छोरी रमा जोशी ०४२ सालको सत्याग्रहमा दमौलीमा गिरफ्तार भएकी थिइन् । मेरी पत्नी हिमकुमारी जोशीले लामो समयदेखि दमौलीमा पार्टीका कार्यकर्ताहरूलाई निरन्तर सहयोगीको भूमिका निर्वाह गरेकी थिइन् ।

रामचन्द्र पौडेल दमौलीमा आउँदा झोला बिसाएर मोही, मकै र चिया खाने मेरो घर थियो । अहिले उनी अर्बपति भए । त्यसोभन्दा उनलाई होच्याएको भनी अपमान होला । यथार्थ कुरा त्यही हो । उनी मात्र होइन तनहुँँमा हाम्रा नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला, सी.के. प्रसाई आदि सबै नेताकार्यकर्ताहरू जाँदा पनि बस्ने घर मेरै थियो । बिपी कोइराला तनहुँँ जाँदा मेरो भूमिकाको बारेमा मैले भनिरहन नपर्ला त्यही कारण त्यसको लगत्तै म पोखरा जेलमा बस्नुप¥यो । ०३७ साल वैशाख १ मा राजनीतिक दलका नेताहरूलाई आममाफी दिँदा म जेलबाट छुटेँ । पञ्चायतका कठिन दिनमा कांग्रेसका नेताहरूलाई वास दिने कुरा सहज थिएन ।

त्यसकारण म दावाका साथ भन्दछु तनहुँमा नेपाली कांग्रेसको संगठन निर्माणमा रामचन्द्र पौडेलको भन्दा मेरो योगदान बढी छ । त्यसकारण राजनीतिको सबै मर्यादा तोडेर ७० को चुनावमा पनि तनहुँँको टिकट आफैँ बाड्छु भनी रामचन्द्र पौडेलले तनहुँँको क्षेत्र नं. १ को टिकट बिक्री गरेकै हुन् । स्थानीय निकायको निर्वाचनमा पनि एकलौटी गरेकै हुन् । तनहुँ कांग्रेसको निर्माणमा धेरै मानिसको पसिना बगेको छ । कसैले एकलौटी गर्न खोज्दा त्यसको धेरै ठूलो मूल्य चुकाउनुपर्दछ । यस पटकको संघीय संसद्को निर्वाचनमा पनि खाली टिकट लिएर मनपरि गरेको परिणाम हो यो पराजय ।

तनहुँँ जिल्लामा कार्यक्रम राखी महामन्त्री शशांक कोइराला तनहुँँ जान खोज्दा मेरो जिल्लामा किन जान प¥यो भनी महामन्त्रीलाई प्रवेश निषेध गर्ने, केन्द्रीय सदस्य शेखर कोइराला जाँदा कार्यक्रम सकभर हुन नदिने केन्द्रीय पूर्वमहामन्त्री कुलबहादुर गुरूङ र तारानाथ रानाभाट जाँदा वक्तव्य निकाली कार्यक्रम वहिष्कार गर्न निर्देशन दिने यो हैकमले अब कांग्रेस पार्टी चल्दैन । केन्द्रीय नेताहरूको त यो हाल छ भने तनहुँँका कार्यकर्ताको अवस्था कस्तो होला । यो विषयमा सम्बन्धित नेताहरूलाई बुझ्दा यथार्थ कुरा अवगत हुनेछ । ०४८ सालको निर्वाचनमा मेरो नाम तनहुँँको क्षेत्र नं. २ मा सिफारिस भएकोमा मलाई हराउन क्षेत्र नं. ३ मा पठाउन भूमिका खेलेको, ०५१ को निर्वाचनमा आफू क्षेत्र नं. १ बाट निर्वाचन हार्ने भएपछि मलाइ जबरजस्त क्षेत्र नं. १ मा पठाइ आफू क्षेत्र नं. २ मा लडेको, ०६४ को निर्वाचनमा माओवादी उम्मेद्वार सुरेश आलेसँग सम्झौता गरी बागी उम्मेववार उठाई क्षेत्र नं. १ मा माओवादी र क्षेत्र नं. २ मा कांग्रेसलाई जिताउने सहमति डा. बाबुराम भट्टराईको मध्यस्थतामा भएको हो । मलाई हराएको मात्र होइन चुनावको दर्भियानमा बन्दीपुरको भुमर्सेमा मलगायत कांग्रेसका मेरो प्रचारमा हिँडेका कार्यकर्ताहरूलाई मार्न माओवादीसँग मिलेमतो गरी आक्रमण गर्न लाएको र मेरो पिएसओले चार फाएर गोली प्रहार गरेपछि मात्र हामी ज्यान जोगाउन सफल भएका थियौँ ।

यति मात्र होइन माओवादी जनयुद्धका बेला तनहुँमा मारिने र विस्थाापित हुने अधिकांश मसँग नजिक भएका साथीहरू थिए । त्यस्तो किन भयो त्यो सबै कुरा हामीले आफ्नो पैतालाले कुल्चेर राखेका छौँ । यस्तो आपराधिक मानसिकताबाट पीडित हामी तनहुँँका कार्यकर्ता हौँ । तनहुँँ जिल्ला जनजातिको बाहुल्य भएको जिल्ला हो । संघीय र प्रदेशसभाको ६ सिट मध्ये ६ जना नै बाह्मण र त्यसमा तीन जना पौडेललाई टिकट दिएपछि चुनाव जितिन्छ ? त्यसमा पनि रामचन्द्र पौडेल तनहुँँमा जनजाति विरोधी मानिन्छन् । जनजातिका मानिसहरू विस्तारै कांग्रेसबाट तनहुँँमा पलायन हुँदैछन् । यमबहादुर आले तनहुँँको दक्षिणी भेगमा मगरहरूलाई कांग्रेसमा ल्याउने प्रमुख व्यक्ति हुन् । तनहुँँको नेपाली कांग्रेसको संगठन निर्माणमा उनको अहं भूमिका छ । आज उनी कांग्रेसमा छैनन् । यो एउटा उदाहरण मात्र हो । आज तनहुँँ कांग्रेसका धेरै कार्यकर्ताहरू यिनै कारणले डिप्रेसनमा छन् । उर्मिला थापा पूर्व सांसद हाल महाधिवेशन प्रतिनिधि आज बोली बन्द भएर उपचार गराइरहेकी छन् ।

जनजाति भनेपछि देख्नै नसक्ने हुँदा उनलाई भेट्नसम्म नजाने रामचन्द्र पौडेललाई तनहुँँका जनताले के भन्लान् के गर्लान् ? यसै सन्दर्भमा गत ०७५ माघ ८ को जिल्ला विशेष अधिवेशनको सन्दर्भमा हामी आफ्ना पिरमर्काहरू पोख्न सभापतिज्यूसमक्ष जाँदा सभापतिज्यूले रामचन्द्र पौडेलले तनहुँँको टिकट म बाँड्छु भनेर खाली टिकट लगेको हो भन्नुहुँदा हामी त्यहाँ उपस्थित तनहुँँका कार्यकर्ताहरू अत्यन्त मर्माहित भयौँ । तनहुँको समस्या राजनीतिक समस्या हो । कानुनी बाटोबाट समाधान निस्कँदैन । अझै पनि तनहुँँका कार्यकर्ताहरूले न्याय नपाउने हो भने त्रेता युगका दशरथका छोरा रामचन्द्रको यो कलियुगको अवतार हो । रामचन्द्रले जे गरे पनि केन्द्रीय नेतृत्वले केही गर्न सक्दैन भनी तनहुँको जिम्मा जनजाति विरोधी आपराधिक मानसिकता भएका रामचन्द्र पौडेलको जिम्मा लगाउने हो भने म र तनहुँका म समेतका कार्यकर्ताका बारेमा जे निर्णय गर्दा पनि हामीहरूको कुनै गुनासो रहने छैन ।

(नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री जोशीले दिएको स्पष्टीकरणको अंश)

प्रतिक्रिया