खोजखबर

बुटवलमा कोरोनाबाट थप दुईको मृत्यु

सौर्य अनलाइन २०७७ असोज ८ गते १४:०८ मा प्रकाशित

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पश्चिम नवलपरासी र कपिलवस्तुका पुरुष रहेका छन् । दुबै जनाको अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन तथा कोरोना अस्पतालका स्रोत व्यक्ति डा. सुदर्शन थापाका अनुसार गत भदौ २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम नगरपालिका– ३ का ४९ वर्षीय पुरुषको आज बिहान ४ बजे मृत्यु भएको हो ।

उनी कलेजो र मिर्गौलाका दीर्घ रोगी थिए । त्यस्तै असोज १ गते अस्पताल भर्ना भएका कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय पुरुषको आजै बिहान ७ बजे मृत्यु भएको छ । उनी मधुमेह र मिर्गौलाका दीर्घ रोगी रहेको डा. थापाले बताए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय