गीतमा बहिनीको दुःखेसो

काठमाडौं । गायक पशुपति शर्माको आवाज रहेको दशैं तिहार गीत सार्वजनिक भएको छ । गायिका सरिता कार्की र बालगायिका आयुषा केसीले गायक शर्मालाई स्वरमा साथ दिएको ‘आउने कि नआउने दाइ’ बोलको गीतमा चाडपर्वको महत्वलाई दर्शाइएको छ । जीवन प्याकुरेलको शब्द तथा लय रहेको उक्त गीतमा विनोद पराजुलीले संगीत संयोजन गरेका छन् । गोरखा चौतारी म्युजिकले उत्पादन तथा वितरणको जिम्मा लिएको गीत बसन्त पोखरेल (विवश) र सुनिल पोखरेलको निर्माणमा सहयोगमा बनेको हो ।

स्मृति तिमिल्सिनाले निर्देशन गरेको गीतको भिडियोमा परदेशमा रहेको दाजु र गाउँघरमा रहेकी दुई बहिनीबीचको बिछोडको विषयलाई उतारिएको छ । कोरोना भाइरसका कारणले परेको समस्यामा परेको परदेशी दाईको अवस्थालाई प्रस्तुत गरिएको छ । गीतमा परदेशीको पीडालाई पनि देखाउन खोजिएको छ । भिडियोमा सुनिल लामिछाने, करिश्मा ढकाल, आयुषा गौतम, हिरण्य पोखरेल, बसन्त पोखरेल र कुलबहादुर ओलीको अभिनय छ । सुरेश श्रेष्ठको छायांकन रहेको भिडियोलाई शिव पौडेलले सम्पादन गरेका छन् ।

प्रतिक्रिया