लोभीपापीको भिडले थिचिँदै कांग्रेस

सागर शाक्य

देउवा जबसम्म सभापति पदमा रहिरन्छन् तबसम्मनेपाली कांग्रेस यसरी नै गुज्रिरहनेछ । यो कुरा पार्टीका आम इमानदार तथा निष्ठावान कार्यकर्तालाई थाहा छ ।देउवा असक्षम छन्, इमानदार छैनन्, पार्टीलाई कुनै पनि बेला खाडलमा हाल्न सक्छन् भन्ने कुरा हिजो पनि थाहा थियो, तर उनले सभापति पदमा चुनाव जिते । नेपाली कांग्रेसमा लोभीपापीहरूको बाहुल्यता कति सम्म बढेको रहेछ ? भन्ने संकेत हो यो ।

राजनीतिको समान्य सिद्धान्त हो, ‘जसको नीति उसैको नेतृत्व ।’ तर नेपालमा यति बेला राजनीतिको यो समान्य सिद्धान्त लागू भएको छैन । जनताले नेपाली कांग्रेसको नीतिलाई अनुमोदन गरेका छन् । नेपाली कांग्रेसको नीतिअनुसार मुलुकको शासन व्यवस्था कायम भएको छ । तर, नेपाली कांग्रेसको नेतृत्वलाई भने जनताले रुचाएनन् । नेपाली कांग्रेसको सिद्धान्तलाई जनताले करिब करिब सर्वसम्मत रूपमा स्वीकार गर्ने तर पार्टीका नेताहरूलाई शासन सत्ता संहाल्ने म्यान्डेट नदिने अवस्था किन र कसरी सिर्जना भयो ? यति बेलाको ज्वलन्त प्रश्न भनेको यही हो ।
जनअधिकारमा लागि भएका आन्दोलनका क्रममा तथा शासन सत्ता सञ्चालन गर्ने क्रममा इतिहासमा केही त्रुटी भएर हो कि ? भन्ने हो भने पनि त्यस्तो अवस्था छैन । नेपाली कांग्रेसको इतिहासनिकै गौरवमय छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले सम्पन्न गर्न नभ्याएको काम सम्पन्न गर्दै नेपाली कांग्रेसले नेपाल राष्ट्रलाई पूर्णता दिएको पार्टीका कार्यकर्ता हुन पाएकोमा कांग्रेसजनहरू को छाती गर्वले फुलेल हुन्छ । वास्तवमा नेपाली कांग्रेसको नेतृत्वमा भएको २००७ सालको जनक्रान्तिले राणा शाही ढालेर प्रजातन्त्र पुनर्वहाली मात्रै गरेको होइन, मेचीदेखि महाकाली र हिमालदेखि तराई सम्मका जनतालाई एकसूत्रमा बाँधेको हो । त्यसभन्दा अघि एउटै उद्देश्यका लागि नेपालको सम्पूर्ण भूगोलका जनता यसरी एक गठ भएको इतिहास छैन । नेपाली कांग्रेसले भिन्नभिन्न भूगोलमा बस्ने जनतालाई मात्रै एक सूत्रमा बाँधेन, भिन्नभिन्न जाति, भिन्नभिन्न धार्मिक तथा सांस्कृतिक समुदाय, एवं भिन्नभिन्न भाषाभाषीहरूलाई समेत एक सूत्रमा उनेर नेपाली राष्ट्रियताको जग बलियो बनाएको हो ।

२००३ सालदेखि ०७४ सालसम्मको ७१ वर्ष लामो कालखण्डमा नेपाली कांग्रेसले अहिलेभन्दा पनि संकटपूर्ण अवस्था गुजार्यो । कांग्रेस भनेर थाहा पाउना साथ ज्यान जाने अवस्थामा पनि नेपाली कांग्रेस गुज्रियो । यस्ता कठिन परिस्थितिमा पनि नेपाली कांग्रेसले मुलुकको राजनीतिको मियोको भूमिका निर्वाह गरिरह्यो । पञ्चायतकालमा पनि कांग्रेसको नाम सुन्ना साथ सत्ता थर्कमान हुन्थ्यो, भ्रष्टाचारीहरूको सातो जान्थ्यो,अन्तर्राष्ट्रिय जगतमा कांग्रेसको ठूलो साख थियो । सर्वसाधारण जनताहरू आधापेट खाएरै भए पनि कांग्रेसलाई चन्दा दिन्थे । तर, आज संगठनात्मक रूपमा कांग्रेसको आकार बढेको छ । कांग्रेसलेनै तय गरेको मार्गचित्र मुलुकको संविधानका रूपमा लिपिवद्ध भएको छ, र पनि मुलुकमा कांग्रेसको भूमिका देखिन छाडेको छ ।

आज सरकारले हरेक पलपलमा गल्ती गरिरहेको छ । कम्युनिस्ट पार्टीको सत्तासँग जनता आजित छन् । करिब दुईतिहाइ बहुमतप्राप्त सरकारले नसुशासन दिन सकेको छन तविकास निर्माणको काम गर्न सकेको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को लोकप्रियताको पारो गत आमनिर्वाचनको तुलनामा आधाभन्दा बढी घटिसकेको छ । राजनीतिक शास्त्रको नियम नै हो कि, सत्तारूढ दलको लोकप्रियता जुनअनुपातमा घट्छ, प्रमुख प्रतिपक्षको लोकप्रियता पनि त्यही अनुपातमा बढ्छ ।’ तर नेपाली कांग्रेसको वर्तमान सन्दर्भमा राजनीतिक शास्त्रको यो नियमसमेत अपवाद बनेको छ । सत्तारूढ दल नेकपाको अलोकप्रियताको पारो जुनअनुपातमा बढेको छ, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अलोकप्रियताको पारो पनि त्यही अनुपातमा बढेको छ ।शासन व्यवस्थाकै लागि खतरनाक लक्षण हो यो । शासन व्यवस्थाका लागि मात्रै होइन राष्ट्रियताकै लागि खतरनाक लक्षण हो यो ।

नेपाली कांग्रेसको शाख आज किन यति धेरै गिरेको हो ?  यो अवस्थाबाट नेपाली कांग्रेस अझै कति समय गुज्रेला ? यसको उत्तर प्रष्ट छ । सभापति शेरबहादुर देउवाको असक्षमताकै कारण नेपाली कांग्रेसको शाख यति विधि गिरिरहेको हो, देउवा जबसम्म सभापति पदमा रहिरन्छन् तबसम्म नेपाली कांग्रेस यसरी नै गुज्रिरहनेछ । यो कुरा पार्टीका आमइमानदार तथा निष्ठावान कार्यकर्तालाई थाह छ । देउवा असक्षम छन्, इमानदार छैनन्, पार्टीलाई कुनै पनि बेला खाडलमा हाल्न सक्छन् भन्ने कुरा हिजो पनि थाहाथियो, तर उनले सभापति पदमा चुनाव जिते ।नेपाली कांग्रेसमा लोभीपापीहरूको बाहुल्यता कतिसम्म बढेको रहेछ ? भन्ने संकेत हो यो ।

सभापति जिताउन १३औँ महाधिवेशनमा देउवालाई साथ दिनेहरू अहिले पछुताउन थालेका छन् । किनकी हिजो कांग्रेस पार्टीको शाख थियो र पो उनीहरू कांग्रेस पार्टीका कार्यकर्ताका रूपमा शिर ठाडो गरेर हिँड्न सक्थे, आज कांग्रेस पार्टीको शाख गिरेका कारण उनीहरू पनि शिर निहुर्याएर हिँड्न वाध्यछन् । खराब कर्मको प्रतिफल उनीहरूले पनि भोग्दैछन् ।  नेविसंघको अध्यक्ष हुँदा देउवाले के के गरे ? ०५२ सालमा प्रधानमन्त्री बन्दा नेपाली कांग्रेसको शाखलाई कहाँसम्म धकेले ? ०५८ सालमा प्रधानमन्त्री हुँदा  ०४६ सालको जनआन्दोलनका उपलव्धीलाई कसरी दरबारमा बुझाए ? ०६१ सालमा राजाबाट मनोनीत प्रधानमन्त्री हुँदाके कस्ता अभिव्यक्ति दिए ? लोकतान्त्रिक आन्दोलनमाथि कसरी दमन गरे ? सिंगो कांग्रेसलाई के कसरी चोक्टा पारेर भाग लगाए ? भन्ने प्रश्नका उत्तरहरू यो सार्वजनिक आलेखमा उल्लेख गर्नु सान्दर्भिक नहुन सक्छ ।तर, उनी सभापति बनेपछिको यताको पाँच वर्षे अवधिका विषयमा त निर्मम समीक्षा हुनु जरुरी छ । जबसम्म देउवाको पाँच वर्षे कार्यकालको निर्मम समीक्षा गर्दै उनलाई सभापति पदबाट सकुशल बिदाई गरिन्न तबसम्म नेपाली कांग्रेसको शाख बढ्ने कल्पना पनि नगरौँ ।फेरी पनि गल्ती दोहोर्याउने ताकत नेपाली कांग्रेससँग छैन, फेरी पनि गल्ती दोहोरियो भनेनेपाली कांग्रेसलाई जनताले कहिल्यै क्षमा गर्दैनन् । अर्को विकल्प खोज्नेतिर जनता लाग्छन् ।

सिंगो कांग्रेसको सभापति नभएर आफ्नो गुटको नेताका रूपमा प्रस्तुत हुनु देउवाको पहलो कमजोरी रह्यो । गुट त नेपाली कांग्रेसको स्थापनाकाल देखिकै रिन्तरता हो, तर विगतमा सही ढंगबाट गुट व्यवस्थापन गरिएको थियो । प्रधानमन्त्री बन्नका लागि पार्टीको शाखलाई बन्धक राख्दै स्थानीय निर्वाचनमाअर्को पार्टीका उम्मेदवारलाई भोट हाल्न लगाउनु देउवाको दोस्रो कमजोरी रह्यो । माओवादीबाट दाहिने हात काटिएका कार्यकर्ताहरू बाँकी रहेको देब्रेहात प्रयोग गरेर प्रचण्डकी छोरीलाई भोट हाल्न वाध्य भए । त्योपनिचौथोपटक प्रधानमन्त्री बन्ने देउवाको महत्वकांक्षा तुष्टिका लागि । चौथोपटक प्रधानमन्त्री बनेपछि देउवाले के गरे ? नम्बर १नेपाली कांग्रेसको कोटामा प्राप्त राजदूत पद राप्रपालाई हस्तान्तरण गरी आफ्नी सासूलाई जापानका लागि राजदूत बनाए । आफ्नो पार्टीका लागि बाँकी राजदूत पदसमेत बिक्री गरे । नम्बर २आफूले गरेको गल्तीलाईअनुमोदन नगरेकै झोकमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोगको प्रस्ताव दर्ज गराए । सुशीला कार्कीको लोकप्रियताको ज्वालाले कांग्रेसलाई कतिसम्म भष्म गर्छ ? भन्ने चेत उनमा देखिएन, जसरी अहिले कुलमान घिसिङको लोकप्रियताको ज्वालाले आफू भष्म हुँदै गरेकोचेत प्रधानमन्त्री ओलीमा देखिएको छैन । नम्बर ३ भारत भ्रमणमा जाँदा तिब्बती पृथकतावादी आन्दोलनका नेतासँग उठबस गरे,जसका कारण बिपीका पालामा नेपाली कांग्रेसले तय गरेको एक चीन नीतिमाथि प्रश्न मात्रै उठेन, नेपाली कांग्रेसबाट छिमेकी मुलुक चीनले आफूलाई खतरा महसुस गर्यो । गत आमनिर्वाचनमा दुई ठूला कम्युनिस्ट पार्टीहरू एकीकरण हुनु कांग्रेस सभापति देउवाको यही गल्तीको उपज हो ।

सभापति शेरबहादुर देउवा प्रजातान्त्रिक आन्दोलनको जगबाट स्थापित नेता हुन् । यसमा दुई मत छैन ।उनको संघर्ष र योगदानलाई कदर गर्नै पर्छ । तथापि आजको समय र परिस्थितिमा नेपाली कांग्रेसलाई सही बाटोमा हिँडाउन सक्ने क्षमताउनमा देखिएन । देउवा पार्टी सञ्चालनका क्रममा गरेका गल्तीहरू दोहोरिन योग्य मात्रै होइन । क्षमा योग्य समेत छैनन् ।उ नले अझै पनि लोकतान्त्रिक पार्टीकोअलोकतान्त्रिक नेताको रूपमा आफूलाई उभ्याउँदै छन् । नेकपाभित्रको विवाद समाधान गर्न नेताहरूको भित्री नियत जे भए पनि देखावटी रूपमा बैठक र संवाद तथा छलफल अघि बढाएकै छन् । तर, कांग्रेस सभापति देउवा त आफ्नो पार्टी भित्र संवाद गर्न समेत तयार छैनन् । मनपरी विभाग गठन गरिरहँदा सक्रिय सदस्यनै नभएका व्याक्तिहरू महत्वपूर्ण पदमा मनोनीत भएकाछन्। कांग्रेसलाई बचाउने हो भने अबदेश, काल परिस्थि तिर नेपालको विकास र समृद्धिका लागि उपयुक्त आर्थिक सामाजिक राजनीतिक र धार्मिक नीतिमा स्पष्ट आफ्नो विचार दिई देश र लोकतन्त्रको रक्षा गर्न सक्ने नेता चुन्नु पर्नेछ।

प्रतिक्रिया