गजुरी गाँउपालिकामा ठेक्का प्रकृयामा अनियमितता

धादिङ । पछिल्लो समय धादिङको गजुरी गाउँपालिकामा चरम भ्रष्टाचार र अनियमितता भएको भन्दै स्थानिय युवाहरुले गाँउपालिका अध्यक्षप्रती आक्रोस ब्यक्त गर्ने गरेका छन् । स्थानिय युवाहरुको समुहले, गाँउपालिकामा चरम भ्रष्टाचार हुने गरेको भन्दै पछिल्लो समय दैनिक रुपमा गाँउपालिका भवन घेराउ गर्दै आउका छन् । गाउँपालिकाको बिनियोजित बजेटवाट हुने विभिन्न निर्माण कार्यको ठेक्कापट्टामा मिलमतो चरम अनियमितता हुने गरेको पाईएपछी स्थानिय युवाहरुले उक्त कार्यको सप्रमाणसहित गाँउपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतका बिरुद्ध अभियान नै चलाएका छन् ।

गत असार र साउन महिनामा गएको बाढी तथा पहिरोले क्षतीग्रस्त भएको गजुरी गाँउपालिकाका बिभिन्न स्थानको खानेपानी पाईप तथा खेतवारीको सुरक्षा गर्न भन्दै ग्याबियन जाली र पाइप खरिदका लागि भएको ठेक्का प्रकृयामा गाउँपालिका कर्मचारी र अध्यक्षको मिलेमतोमा ठेक्का प्रकृयानै किर्ते गरी गलत ढंगवाट ठेक्का सम्झौता गरेको भन्दै गाँउपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतका बिरुद्ध युवाहरुले अभियान नै चलाएका छन् ।

‘गाउँपालिका कर्मचारी र अध्यक्षको मिलेमतोमा ग्याबियन जाली र पाइप खरिदका लागि भएको ठेक्कामा चरम मिलेमतो भएको पाइका छौँ । गाँउपालिकाले ठेक्का सम्झौताका लागी सुचाना प्रकाशित गर्दा नै गम्भिर त्रुटी गरेको छ, यो सरासर भ्रष्टाचार हो, यसैका बिरुद्ध हामीले अभियाननै चलाएका हौँ ।’ स्थानिय युवा समेत रहेका अभियन्ता भिषण बिशुरालले बताए ।

अभियन्ता बिशुरालका अनुसार, गाउँपालिकाले प्रकाशन गर्न दिएको ठेक्काको सुचना नै मिलेमतोमा अघिल्लो दिनको पत्रिकामा छाप्न भन्दै २ दिनपछी दिईएको हो । गाँउपालिका अध्यक्ष बस्नेतले, गाँउपालिकाका एक कर्मचारीलाई उक्त सुचना गत भदौ १३ गते जिल्लाकै एक दैनिक पत्रिकामा २ दिन अघी अर्थात् भदौ ११ गतेको मितीमा प्रकाशित् गराउनदिनु भन्दै पत्रिकामा ईमेल गर्न अह्राएका थिए । अघिल्लो दिनको पत्रिकामा छाप्न २ दिएपछि इमेल गरेको रहस्यमयी घटना बाहिरियपछी उक्त अनियमितता बाहिरिएको थियो ।

यता गाँउपालिका अध्यक्षले बिगतदेखीकै गाँउपालिकाको हरेक ठेकका त्यस्तै प्रकृया मार्फत् अध्यक्ष बस्नेतका निकट रहेका स्थानिय ठेकेदार ज्ञानलाल श्रेष्ठलाई दिंदै आएको उक्त अभियानका युवाहरुले बताउने गरेका छन् ।

उनीहरुका अनुसार, यसरी नै गाउँपालिकाको हरेक ठेक्कापट्टामा जनप्रतिनिधीको मिलेमतोमा ब्याकडेट अर्थात अघिल्लो मिति राखेर ठेक्का पट्टाको सुचना प्रकाशित् गर्ने र सोहि दिन गाँउपालिकाको सुचनापाटीमा टाँस गरी गाँउपालिका अध्यक्ष राजेन्द्र बिक्रम बसनेतकै निर्देशनमा, ठेकेदार ज्ञानलाल श्रेष्ठ स्वयंले च्यातेर फ्याक्ने र अध्यक्षसंगको मिलेमतोमा ठेक्का आँफैले हत्याउने कार्य गर्दै आएका छन् ।

सिसि टिभि फुटेजनै गायब : सुचना प्रबिधी अधिकृतको भुमिका रहश्यमयी
गाउँपालिकाले ठेक्काको सुचना आफ्नो वेभसाइट, फेसबुक पेज तथा सुचना पाटीमा समेत प्रकाशित गर्नुपर्ने हुन्छ । तर गजुरी गाउँपालिकाले उक्त सुचना वेभ साइटमा समेत राखेको छैन । सुचना पाटीमा टाँसेको भएपनि ठेकेदार ज्ञान श्रेष्ठले सुचना नै च्यातेर फालिदिएको समेत युवाहरुको आरोप छ ।

 

गाँउपालिका अध्यक्षको निकट मानिने र अध्यक्षसंग मामा भान्जाको साईनो रहेका गाउँपालिकाका सुचना प्रबिधी अधिकृत विवेक नेपालले उक्त सुचना वेभसाइट, फेसबुक पेज तथा सुचना पाटीमा समेत प्रकाशित नगरी गाँउपालिका अध्यक्ष बस्नेतलाई नै सघाएको र ठेकेदार ज्ञान श्रेष्ठले सुचना नै च्यातेर फालिदिएको दिनको सिसि क्यामेराको फुटेज नै डिलिट गरेको युवाहरुको आरोप छ ।

यता सुचना प्रबिधी अधिकृत नेपालले भने यो बिषयमा आफुलाई ज्ञानै नभएको बताएका छन् । “सिसि क्यामेराको फुटेजनै डिलिट गरेको युवाहरुको आरोप स्वभाबिक भएको तर गाँउपालिकाको सिसि क्यामेराको हार्ड ड्राईभको स्पेश कम भएकाले फुटेज उपलब्ध नभएको हो ।, यद्धपी मलाई त्यो दिन एक्जेक्ट रुपमा थाहा भएन, मैले भुलें तर सोहि दिन, ठेकेदार ज्ञान श्रेष्ठले सुचना नै च्यातेर फालिदिएको खवर सेक्युरिटी गार्डले सुनाएपछी मैले पुनःउक्त सुचना पाटीमा टाँसेको हुँ ।, र त्यो सुचना टाँस गरेको मितीपनी मलाई याद छैन, उक्त कार्य जसरी भएपनी मेरो भुमिका छैन ।, म सुचना प्रविधी अधिकृत हुँ । तर यस्ता सुचना मलाई नै थाहा नै नदिई गाँउपालिकाले काम गर्ने गरेको छ ।” सुचना प्रबिधी अधिकृत नेपालले भने ।

उनका अनुसार गाउँपालिकाको सुचना पाटीमा टाँसेको सुचना ठेकेदार श्रेष्ठलेनै च्यातिदिएका हुन् । गाँउपालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतले, सुचना प्रबिधी अधिकृतलाई पत्तै नदिई पत्रिकामा सुचना प्रकाशित् गर्ने गरेको समेत नेपालको आरोप छ । यद्दपी युवाहरुले भने गाँउपालिका अध्यक्षको निर्देशनमा सुचना प्रविधी अधिकृत नेपालले उक्त फुटेज डिलिट गरेको आरोप लगाएका छन् ।

स्वभाविक रुपमा कुनैपनी निकायले सुचना प्रकाशन गर्नुपर्दा अघिल्लो दिन सुचना पठाई भोलीपल्ट प्रकाशित् गर्नुपर्ने हुन्छ । तर गजुरी गाँउपालिकाले भने पर्सि पल्टको मितीमा २ दिन अघिको मितीको पत्रिकामा सुचना प्रकाशित गराउनुले जनप्रतिनिधी, ठेकेदार र कर्मचारीको मिलेमतो भएको प्रष्ट देखिन्छ । त्यसो त उक्त समयको सिसि क्यामेराको फुटेजनै गायब पार्नुले त झनै घटना रहस्यमयी देखिँदै गएको छ ।

उता गत २०७६ साल बैशाखमा गजुरी गाँउपालिकामा चोरी भएको थियो उक्त घटनामा गाँउपालिकाको क्यामेरा, ल्यापटप लगायतका महत्वपुर्ण सामाग्री चोरी भएको थियो भने महत्वपुर्ण कागजपत्र राखिएको दराज तथा टेवलहरु फुटाईएको थियो । त्यतिबेला पनी स्थानियहरुले जनप्रतिनिधीको मिलेमतोमा चोरी भएको भन्दै छानबिन गर्न माग गरेका थिए । यद्धपी उक्त घटना हालसम्म रहस्यमयी बनेको छ । तर पछिल्लो समय पुनः यस्ता किसिमका घटना बाहिरिनुले भने स्थानियको आशंका चरितार्थ भएको समेत युवाहरुले बताएका छन् । उता विवादित ठेकेदार ज्ञानलाल श्रेष्ठले भने गाउँपालिकाबाट हुने अधिकांश ठेक्कापट्टा गाँउपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतलाई आर्थिक प्रभावमा पारी हत्याउँदै आएका छन् ।


युवाहरुकाे अभियान पस्चात : ठेक्का रद्द
गजुरी गाँउपालिकाले, जिललाकै एक दैनिक पत्रिकामा किर्ते मितीमा सुचना प्रकाशित गरेको र गलत नियतले अध्यक्षको निकट रहेका ठेकेदारलाई किर्ते प्रकृया मार्फत ठेक्कामा मिलेमतो गरेको विषय बाहिर आएपछि युवाहरुले गाउँपालिका घेराउ गरेका थिए । युवाहरुको टोली गाँउपालिका घेर्न आएको जानकारी पाए लगत्तै गाँउपालिका अध्यक्ष, उपाध्यक्ष लगायतका टोली फिल्ड भिजिट भन्दै गाँउपालिकाको एक सडकको अनुगमनमा गएका थिए । तर युवाहरुले भने कार्यालयबाट बाहिरिन नपाँउदै स्थलमै गई गाँउपालिका अध्यक्ष, उपाध्यक्ष लगायतका टोलीलाई घेराबन्दी गर्दै एकाएक प्रमाणसहित प्रश्न मागेका थिए । उनीहरुले गाँउपालिका अध्यक्ष बस्नेतसगं जवाफ खोज्दै अनियमितताको विषयमा जवाफ मागेका थिए । जवाफ दिनुपर्ने गाउँपालिका अध्यक्ष बस्नेत युवाहरुसामु निरिह बनेका थिए ।

युवाहरुले गत भदौ ११ गते नै गाउँपालिकामा उजुरी समेत दिएका थिए । त्यसको भोलीपल्टै गाउँपालिकामा सामुहिक उजुरी परेको भन्दै गाउँपालिकाले विज्ञप्ति नै निकालेर ठेक्का रद्द गरेको जानकारी दिएको थियो । त्यस पस्चात् आक्रोसित् स्थानिय युवाहरुले चर्को बिरोध गरेपस्चात् गाँउपालिका अध्यक्षले उक्त घटना ढाकछोप पार्ने नियतले ठेक्का रद्द गर्न निर्देशन दिएका थिए । सोहि दिन गाउँपालिकाका प्रमुख पशासकीय अधिकृत राजन घिमिरेले एक बिज्ञप्ती जारी गर्दै उक्त ठेक्का रद्ध गरेको बताएका थिए ।

गाँउपालिकाले आफ्नो गलत क्रियाकलाप ढाकछोप गर्न बन्दाबन्दी र कोभिड १९ लाई कारण देखाउदै उक्त ठेक्का रद्द भएको जानकारी गराएको छ । यद्धपी विज्ञप्तिमा भने कुन पत्रिकामा ठेक्काको सुचना प्रकाशित् गरिएको हो भन्ने विषयमा खुलाईएको छैन ।

प्रतिक्रिया